काठमाडौं। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा फागुन १८ गते बोलेरो गाडी दुर्घटना भएको छ।
दुर्घटनामा परी खोटाङ्ग जिल्लाको खोटेहाङ गाउँपालिका–७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाईते भएका छन्।
गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करीव ५ सय मिटर तल खसेको छ।
उक्त गाडीमा चालक र एक जना यात्रुमात्र सवार रहेको बताईएको छ। दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको थियो।
दुर्घटनामा घाईते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाईएको सहप्रवत्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए।


