काठमाडौँ: जारी प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब १७ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार १६.८८ प्रतिशत मत खसेको हो।
देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेकोमा दिउँसो १२ बजेसम्म ३१ लाख ९० हजार ८८ जनाले मतदान गरेका हुन्। आयोगले यसपालि करिब ६५ प्रतिशत मत खस्ने अनुमान गरेको छ। गएको आम निर्वाचन २०७९ मा करिब ६१ प्रतिशत मात्रै मत खसेको थियो।
आयोगका अनुसार काठमाडौँ उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ। कोशी प्रदेशमा १५.६० प्रतिशत, मधेश प्रदेशमा १०.४६ प्रतिशत, बागमती प्रदेशमा १७.२१, गण्डकी प्रदेशमा २२.५० प्रतिशत मत खसेको छ।
यस्तै लुम्बिनी प्रदेशमा १६.०६ प्रतिशत, कर्णाली प्रदेशमा २०.२३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २०.०७ प्रतिशत मत खसेको छ।



