२०८३ कार्तिक १२ गते बुधबार

विनोद चौधरीसहित दर्जनौँ उद्योगी पराजित हुँदा संसद् छिर्ने तयारीमा यी उद्यमी ‘माननीय’हरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २७
byapari

काठमाडौँ:  फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि सकिएको छ।  प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरूले बाक्लो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका थिए, जसमा सेयर कारोबारी, सहकारी सञ्चालक, अर्बपतिदेखि सञ्चार उद्यमीसम्म थिए।

नीति बनाउने कुर्सीमा व्यवसायीको आकर्षण देखिए पनि यसपटकको निर्वाचनमा पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका दल खुम्चिए। मधेशवादी दलहरू शून्यमा परे। २०७९ को प्रतिनिधिसभा निर्वाचनको संघारमा उदाएको रास्वपाले देशव्यापी लहर बनायो। यसैक्रममा उम्मेदवारी दिएका केही चर्चित उद्योगीहरू पराजित भए पनि केही उद्यमी व्यवसायीहरू संसद् छिर्ने लाइनमा छन्।

पराजित भए विनोद चौधरी र सुनिल शर्मासहितका उद्यमीहरू
प्रतिनिधिसभा निर्वाचनमा नेपालकै पहिलो अर्बपति अमेरिकी म्यागजिन फोर्ब्सको सूचीमा अटाएका एक मात्र नेपाली विनोद चौधरी नवलपरासी पश्चिम १ बाट पराजित भए।

यस्तै करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स र बुटवल अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि रुपन्देही २ बाट,  पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात काठमाडौँ १ बाट, जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक अनिलकुमार रुंगटा पर्सा ४ बाट, नुर ओभर्सिज म्यानपावरका सञ्चालक तिलक रानाभाट कास्की १ बाट पराजित भए।

यस्तै मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकाल र मुक्तिनाथकै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ स्याङ्जा–१, मेडिकल व्यवसायी सुनिल शर्मा मोरङ ३,  सञ्चार उद्यमी ऋषि धमाला रौतहट ४ बाट र कालीमाटीस्थित पुरानो मिठाई पसल ‘स्वीट केभ’का सञ्चालक सुमन सायमी काठमाडौँ ८ बा६ पराजित भए।

पर्सा ३ बाट आरपी ग्रुपका रुपेशकुमार पाण्डेय, सिराहा ४ बाट माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रकुमार महतो,  दोलखाबाट वन तथा पैदावारसम्बन्धित क्षेत्रका व्यवसायी पार्वत गुरुङ, धादिङ २ बाट ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी रमेश धमाला धादिङ २ बाट, धादिङ १ बाट पर्यटन व्यवसायी कृष्ण रिजाल धादिङ १ र घरजग्गा व्यवसायी प्रेम खत्रीले गोरखा १ बाट जित निकाल्न नसकेपछि संसद् छिर्न रोकिए।

लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु ३, लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल मोरङ ५ बाट,  मेनपावर व्यवसायीहरू एलपी साँवा झापा ४ बाट र किरणकिशोर घिमिरे दाङ २ बाट, पूर्व बैंकर तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष झपट बोहरा अछाम १ बाट, यातायात व्यवसायीहरू विजय स्वाँर कैलाली १ बाट र भागवतप्रकाश मल्ल स्याङ्जा २ बाट पराजित भए।

संसद् छिर्ने तयारीमा यी उद्यमी माननीयहरू
दर्जनौँ उद्योगी व्यवसायी पराजित भएर संसद् छिर्न रोकिए पनि थुप्रै उद्यमी व्यवसायी यसपटक नीति निर्माणको कुर्सीमा पुग्दैछन्। विभिन्न क्षेत्रबाट निर्वाचित भएसँगै उनीहरू संसद् छिर्ने तयारीमा छन्। यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा बढी रास्वपाबाट उद्यमीहरू सांसद बन्दैछन्।

वैदेशिक रोजगार र रेमिट्यान्स व्यवसाय डीपी अर्याल काठमाडौँ ९ बाट, बाजेकी सेकुवाकी निर्देशक नीतिमा भण्डारी सर्लाही १ बाट, युवा सेयर कारोबारी हरि ढकालले चितवन–१ बाट, खल्ती एपका सहसंस्थापक अरबिन्द साह बारा ३ बाट, बोस्टन इन्टरनेसनल कलेज र अंकुरम स्कुलका अध्यक्ष आनन्दबहादुर चन्द कैलाली ५ बाट र फ्याक्ट्स नेपालका संस्थापक मनिष झा धनुषा ३ बाट निर्वाचित भए।  यस्तै व्यवसायी तथा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जित, पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसिइओ धनञ्जय रेग्मी स्याङ्जा १ बाट र यातायात व्यवसायी पारसमणि गेलाल उदयपुर १ बाट विजयी भए। यी सबै रास्वपाबाट निर्वाचित भएका हुन्।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट कुरियर तथा कार्गो व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बुबाट, निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट र होटल व्यवसायी योगेश गौचन मुस्ताङबाट विजयी भई संसद् छिर्दैछन्।

यसपटक एमालेबाट सबै स्थापित उद्यमी व्यवसायीहरू पराजित भएका छन्।

प्रकाशित: २०८२ फाल्गुण २७ गते बुधबार ०१:४४
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना