काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।
पार्थिव शरीर अस्पतालबाट निकालिएको छ। पूर्वप्रधानमन्त्री ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेपछि पार्थिव शरीर अस्पतालबाट निकालिएको हो।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ।







