२०८३ कार्तिक १४ गते शुक्रबार

महावीरको चुनाव खर्च बालेन, रवि, विष्णु पौडेल र शंकर पोखरेलको भन्दा ज्यादा, कति खर्चिए?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
mahabir pun (5)

काठमाडौँ: निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि भएको खर्च सार्वजनिक गर्न उम्मेदवारलाई अनुरोध गरेको छ। ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गर्न अनुरोध गरेको छ।

सोअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च सार्वजनिक गर्ने क्रम जारी छ। यसैक्रममा हालसम्म सार्वजनिक निर्वाचन खर्चअनुसार म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनको खर्च उच्च देखिएको छ। उम्मेदवारहरूले सार्वजनिक गरेको खर्च कर्मकाण्डी रहेको र लुकाइएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताले गरिरहेको वेला पुनले सार्वजनिक गरेको खर्च देशदौडाहमा हिँडेका नेताहरूको भन्दा दोब्बर/तेब्बर देखिएको हो।

पुनले २८ लाख ६८ हजार ८६८ चुनाव खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको भन्दा ज्यादा हो। जबकि रवि  र बालेन देशदौडाहमा गैरहँदा महावीर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा थिए।

हालसम्म सार्वजनिक विवरणअनुसार रास्वपाका वरिष्ठ नेता बालेनको चुनाव खर्च १४ लाख १७ हजार रहेको छ।  यस्तै रविले ९ लाख ८१ हजार खर्च भएको विवरण पेस गरेका छन्।

यस्तैनेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदिप पौडेलले २३ लाख ८६ हजार, नेकपा एमालेका महासचिव तथा दाङ २ का उम्मेदवार शंकर पोखरेलले १७ लाख ५० हजार, एमाले उपाध्यक्ष विष्णु पौडेलले २८ लाख, राप्रपाबाट काठमाडौँ १ का उम्मेदवार रविन्द्र मिश्रले २३ लाख ९७ हजार, मोरङ ६ मा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरेकी रास्वपा नेतृ रुविना आचार्यले १२ लाख ४० हजार, प्युठानका एमाले उम्मेदवार सूर्य थापाले २४ लाख १० हजार, चितवन ३ की रास्वपा उम्मेदवार सोविता गौतमले ९ लाख ९३ हजार, तनहूँ १ रास्वपा उम्मेदवार २६ लाख ९० हजार खर्च भएको विवरण पेस गरेका छन्।

May be an image of blueprint, ticket stub, floor plan and text

प्रकाशित: २०८२ फाल्गुण २९ गते शुक्रबार ११:१९
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना