करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ। अहिले यो सडक दुई लेनको रहेको छ।
यही सडक खण्डको साँगा उकालोमा अन्डरपास निर्माण भइरहेको छ।
आयोजनाका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ। अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ।
साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिनेछ।














