राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेश द्रुतमार्गअन्तर्गत हेटौँडा खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। सुरुङ मार्ग, पुल तथा सडक कटानका काम एकैसाथ भइरहेको छ। नेपाली सेनाले जिम्मा लिएको यस परियोजनाले राजधानी र तराईबीचको दूरी छोट्याउने लक्ष्य राखेको छ।
प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ। २०७४ मा चार वर्षभित्र काम सक्नेगरी तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो।
२०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको छ। सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर २ खर्ब १३ अर्ब पुगेको छ।








