२०८३ कार्तिक २३ गते आईतबार

नेपालमा पहिलो पटक ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन सुरु हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ६
photo-2_0c5b781b

काठमाडौँ: नेपालको शैक्षिक इतिहासमा पहिलो पटक ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो व्यवहारिक विज्ञान संकाय अन्तर्गत ‘मास्टर्स इन ड्रोन एभिएसन’ कार्यक्रम ल्याएको हो।

नेपालमा यसअघि ड्रोन वा मानवरहित विमान प्रणालीसँग सम्बन्धित यस्तो उच्च तहको शैक्षिक कार्यक्रम स्नातक तहमा समेत उपलब्ध थिएन। यस कार्यक्रमको पाठ्यक्रम निर्माणमा नेपालका विज्ञहरूसहित चीन, थाइल्याण्ड र भियतनामका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरू संलग्न रहेका छन्। पाठ्यक्रम विकासमा संलग्न विज्ञ एवंम प्राध्यापक प्रविण भट्टराईका अनुसार, यसमा अबुधाबीका एरोनटिकल इन्जिनियर र भारतको मद्रास इन्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत विज्ञहरूको समेत योगदान रहेको छ।

नेपालको भौगोलिक जटिलतालाई मध्यनजर गर्दै ड्रोन प्रविधि अत्यन्तै सान्दर्भिक रहेको भट्टराई बताउँछन्। उनका अनुसार यस कोर्सको अध्ययनले मुख्यतया लजिस्टिक र ढुवानी, डाटा सुरक्षा र सार्वभौमसत्ता, पर्यटन र म्यापिङ, रोजगारी र स्टार्टअप क्षेत्रमा काम गर्न सक्दछ। ड्रोनको व्यावसायिक प्रयोग विशेषगरी विकट क्षेत्रमा औषधि, खाद्यान्न र अन्य कार्गो ढुवानीका लागि जिआईएस म्यापिङ, सर्भे र पर्यटन प्रवद्र्धनमा ड्रोनको प्रयोग गरी अनुसन्धानमूलक कार्यहरू गर्न सकिने भट्टराईले जनाएका छन्।

उनका अनसार हाल नेपालमा प्रयोग भइरहेका विदेशी ड्रोनहरूको ‘ब्रेन’ (फ्लाइट कन्ट्रोलर) विदेशी कम्पनीहरूकै नियन्त्रणमा रहने भएकाले संवेदनशील क्षेत्रको डाटा सुरक्षामा जोखिम छ। नेपालमै ड्रोन निर्माण र सफ्टवेयर विकास गर्न सक्ने जनशक्ति तयार भएमा राष्ट्रिय सुरक्षा र सैन्य प्रयोजनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

म्यापिङ, सर्भे र पर्यटन प्रवद्र्धनमा ड्रोनको प्रयोग गरी अनुसन्धानमूलक कार्यहरू गर्नपनि ड्रोन सम्बन्धी अध्ययन आवश्यक रहेको उनको भनाई छ। ‘मेक इन नेपाल’ अवधारणा अन्तर्गत आफ्नै ड्रोन उत्पादन र व्यावसायिक सञ्चालनका लागि दक्ष जनशक्ति तयार गर्न आवश्यक रहेको उनले जानकारी दिए।

विश्वविद्यालयले यस कार्यक्रमका लागि भर्ना खुला गरिसकेको छ। सुरुवाती चरणमा एउटा कक्षामा २० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ। इन्जिनियरिङ, एभिएसन, म्यानेजमेन्ट वा अन्य विधामा स्नातक गरेका र ड्रोन प्रविधिमा रुचि भएका विद्यार्थीहरूले यसमा आवेदन दिन सक्ने उनले बताए।

प्रकाशित: २०८२ चैत ६ गते शुक्रबार ०१:०८
प्रतिक्रिया

थप समाचार

rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना