काठमाडौं– १२ वैशाख २०७२ भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ। चालू आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
१६ वटा सम्पदा अझै पुनःनिर्माण हुन सकेका छैनन्। भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शंकराचार्य मठस्थित शंकराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माण गरिएको हो।
भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुनःनिर्माण गर्नुपर्ने उनले सुनाए। विश्वरुप मन्दिरलगायत सम्पदामा चालू आवका लागि छुट्याइएको बजेटको काम सकिएको छ। यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ।


