२०८३ कार्तिक १३ गते बिहिबार

रौतहटमा वर्षा र हावाहुरीले चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ९
photo-2_bc9642cb

रौतहट: चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ। खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।

रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालित करिब ५० वटा इट्टा उद्योगहरूमा सबैभन्दा बढी क्षति पुगेको छ। संकलित तथ्यांकअनुसार विभिन्न स्थानका उद्योगहरूमा गरी १० लाख भन्दा बढी काँचो इट्टा पूर्ण रूपमा नष्ट भएका छन्।

वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इट्टा उद्योगमा मात्रै ५५ लाख भन्दा बढीको क्षति भएको सञ्चालक प्रेमशंकर यादवले जानकारी दिए। यस्तै बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकी लगायतका ५० वटा उद्योगहरू नराम्ररी प्रभावित भएका छन्।

एउटा काँचो इँट्टा तयार गर्न माटो, पानी र मजदुरीसहित औसत ७ रुपैयाँभन्दा बढी लागत लाग्ने गर्दछ। सुकाउने प्रक्रियामै रहेका इँट्टा वर्षाले गलाएपछि व्यवसायीहरूको करोडौँको लगानी माटोमा मिलेको छ।

अध्यक्ष साहले भने, ‘हाम्रो लगानी डुब्न लाग्दा पनि सरकार, स्थानीय प्रशासन वा वित्तीय निकायले कुनै चासो देखाएका छैनन्। हामीले बिमा प्रणालीको व्यवस्था गर्न बारम्बार आग्रह गर्दै आएका छौँ, तर सुनुवाइ भएको छैन।’

प्राकृतिक प्रकोपबाट हुने यस्तो क्षति न्यूनीकरणका लागि काँचो इँट्टाको पनि बिमा प्रणाली अवलम्बन गर्नुपर्ने व्यवसायीहरूको माग छ। बिमा सुविधा नहुँदा हरेक वर्ष व्यवसायीहरूले ठुलो जोखिम मोल्नु परिरहेको उनीहरूको गुनासो छ।

यतिबेला पीडित इँट्टा उद्योगीहरूले सरकार, उद्योग मन्त्रालय, विपद् व्यवस्थापन निकाय र बिमा कम्पनीहरूलाई तत्काल राहत र दीर्घकालीन सुरक्षाका लागि पहल गर्न जोडदार माग गरेका छन्।

प्रकाशित: २०८२ चैत ९ गते सोमबार ११:१८
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना