२०८३ कार्तिक १२ गते बुधबार

प्राथमिकताका आधारमा पुल निर्माणको योजना

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १
jholunge pul
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ ग्वादीको देउराली र कोलौदी जोडने करिब सय मिटर अग्लो पुल। दुई गाउँ जोडने पुल निर्माण भएसँगै आवात–जावतमा सहज भएको छ। तस्बिरः हुमाकान्त पोखरेल

काठमाडौं – स्थानीय पूर्वाधार विभागले प्राथमिकताका आधारमा स्थानीय पुल निर्माणको योजना बनाउन सुरु गरेको छ।

यसअघि सडक विभागले सबै किसिमका पुल निर्माण गर्दै आएकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत स्थानीय पूर्वाधार विभागलाई एक हजार चार सय पुल निर्माणका लागि हस्तान्तरण गरेको छ।

सडक विभागबाट ‘स्थानीय सडक पुल’ शीर्षकमा हस्तान्तरण भएर आएका पुल निर्माणको जिम्मा विभागले लिएको स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए। उनका अनुसार यसमा ग्रामीण स्थानीय सडकमा पुल रहेका छन्।

सडक बनिसकेको भए पनि पुल नहुँदा बाह्रै महिना सडक सञ्चालन हुन नसकेका ठाउँको पहिचान गरी पुल बनाउन लागिएको उपमहानिर्देशक साहले बताए। सडक विभागबाट पुल निर्माणको जिम्मा दिइसकेको भन्दै क्रमिकरूपमा आवश्यकताका आधारमा पुल निर्माण गरिँदै जाने उनले बताए।

उपमहानिर्देशक साहले भने, ‘एकै वर्षमा ठूलो सङ्ख्यामा बनाउन नसकिने हुँदा आवश्यकताका आधारमा प्राथमिकता छुट्याएर निर्माण हुनेछन्।’ उनका अनुसार निर्माणाधीन क्रमागत पुल सडक विभाग आफैँले निर्माण गरेर नयाँ पुलमात्रै हस्तान्तरण गरेको हो।

भौतिक मन्त्रालयबाट आएकाबाहेक स्थानीय स्तरोन्नति भइसकेका र पुल नभएका ग्रामीण सडकलाई समावेश गरिने उनको भनाइ थियो। पहिले निर्माणाधीन अवस्थामा रहेका पुल पनि आगामी वर्षका लागि योजनामा राखिएको उपमहानिर्देशक साहले जानकारी दिए।

सबै पुल आगामी वर्ष भित्रै निर्माण सुरु नभए पनि आवश्यकताका आधारमा केही पुल निर्माण सुरु गरिने विभागले जनाएको छ। ‘पहिले सम्भाव्यता अध्ययन हुने र सम्भाव्य छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर मात्रै अर्को वर्ष कार्यान्यनमा जाने छौँ’, साहले भने। उनका अनुसार प्रत्येक प्रदेशमा एक–एक गरी विभागका सात कार्यालय छन्। उक्त कार्यालयको क्षमताअनुसार योजना कार्यान्वयन गरिने उनले बताए।

आगामी आवमा यसअघि नै डिपिआर तयार भइसकेको पुल निर्माणमा लैजाने योजना रहेको उपमहानिर्देशक साहले जानकारी दिए। भौतिक मन्त्रालय, पालिका वा प्रदेशले यसअघि नै पुलको डिपिआर गरिसकेको भए पनि पुनरावलोकन गरेर ठीक छ भने सिधै ठेक्कामा जाने उनले बताए।

‘कुनै पनि योजना सुरु हुँदा पहिले प्रक्रियाको काम हुन्छ। योजनामा पहिलो वर्ष कम रकम भएर पुग्ने हुँदा यसअघि अध्ययन भइसकेका पुल निर्माणमा लैजाने छौँ’, साहले भने। बजेट भएका अन्य योजनाअन्तर्गत रहेका निर्माणाधीन पुलका काम पनि अगाडि बढाइने उनको भनाइ थियो। उनले भने, ‘अध्ययन भएका पुल निर्माणमा लैजान सकिने गरी बजेट प्रस्ताव गरिएको छ।’

विसं २०७२ मा संविधान लागू हुनु पहिले सडक विभागले राष्ट्रिय राजमार्गमा र जिल्ला विकास समितिले स्थानीय सडकमा पुल निर्माण गर्दै आएका थिए। नयाँ संविधानपछि स्थानीय सडक निर्माणको जिम्मेवारी स्थानीय तह र प्रदेश सडक निर्माणलाई दिइएको छ।

जनशक्ति, आवश्यक उपकरणलगायत कमीले गर्दा स्थानीय तहले पुल निर्माण नगर्दा सडक विभागले रणनीतिक पुलसँगै स्थानीय पुल निर्माण गर्दै आएको थियो। सडक विभागमा कामको अत्यधिक चाप बढेपछि सरकारले स्थानीय पुल निर्माणको जिम्मेवारी सङ्घीय सरकारअन्तर्गत स्थानीय पूर्वाधार विभागलाई दिएको छ।

प्रकाशित: २०८० असार १ गते शुक्रबार १२:३२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

ठेक्का लागेको ८ वर्षमा पनि बनेन पुल, सरकार रमिते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको ८ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५...

‘अटेरी ठेकेदार’का कारण चार वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै बनेन

मन्थली - जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो । रामेछापलाई मध्यपहाडी...

कर्णाली नदीमा फसेका तीन जनाको उद्धार

बाजुरा- बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले उद्धार गरेको छ। मुगुको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिकातर्फ आउँदै गरेको स्काभेटरसहित...

नवलपुरमा पुल भाँच्चिएर बनेको जाम खुल्न थाल्यो, वैकल्पिक बाटो खोलियो

त्रिवेणी (नवलपरासी)- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट चल्न थालेका छन्। विनयी खोला‍को पुल शुक्रबार साँझ भाँच्चिएर...

नवलपुरमा पुल भासिँदा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध

त्रिवेण (नवलपरासी) - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजगर्मा पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना