बाजुरा- बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले उद्धार गरेको छ।
मुगुको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिकातर्फ आउँदै गरेको स्काभेटरसहित कर्णालीमा फसेका उनीहरूको उद्धार गरिएको हो।
धुलाचौर प्रहरी चौकीको टालीले ढुङ्गाको सहायताले तीन जनालाई सकुशल उद्धार गरेको प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।
उद्धार हुनेमा कनका सुन्दरी गाउँपालिका–७ का २५ वर्षीय सूर्यबहादुर पछाई, २३ वर्षीया नानु पछाई र १९ वर्षीय राजेन्द्र वड छन्। उनीहरू मुगुको खत्याडबाट हिमाली गाउँपालिका हुँदै हुम्ला जाने क्रममा थिए।
स्काभेटरलाई नदी तार्ने क्रममा कर्णालीमा फसेकाहरुलाई करिव चार घण्टापछि प्रहरीले उद्धार गरी हिमाली गाउँपालिका ल्याइएको थियो।


