काठमाडौँ- नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने दोलखाको जिरीको पर्यटन प्रवर्द्ध गर्न बुलेट र्याली सुरु भएको छ।
नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा बुलेट र्याली आयोजना गरिएको हो। ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने सन्देस प्रवाह गर्न र्याली आयजना गरिएको बताइएको छ।
काठमाडौंदेखि १८८ किमि दूरिमा रहेको जिरी आजै पुग्ने र त्यहाँ जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले जानकारी दिए। भोलि जिरी सेरो फेरो घुमेर र्याली आइतबार काठमाडौँ फर्किने छ।
पर्यटन पर्वर्द्धन मञ्चका अध्यक्ष लीला खड्काका अनुसार र्यालीले जिरिको पर्यटन उकास्न टेवा पुर्याउने विश्वास गरिएको छ। र्यालीमा २० जना बुलेट राइडर सहभागी छन्।














