२०८३ कार्तिक १३ गते बिहिबार

१५ प्रतिशतले घट्यो खोटाङको जनसङ्ख्या

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १
nepalclicks

खोटाङ – दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ। विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई सय ९८ रहेको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा महिलाको सङ्ख्या ८८ हजार छ सय ६१ र पुरुषको सङ्ख्या ८६ हजार छ सय ३७ देखाएको छ। विसं २०६८ मा ४२ हजार छ सय ४७ घरपरिवार थियो भने दश वर्ष पछि गरिएको जनगणनामा घरपरिवार सङ्ख्या ४१ हजार सात सय ५० रहेको पाइएको छ।

जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर घटेको छ। तथ्याङ्क कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना विसं २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा जिल्लाका दशवटै स्थानीय तहको जनसङ्ख्या घटेको जानकारी दिइएको हो।

नागरिकलाई गाउँमै रोजगार दिएर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावका कारण हरेक स्थानीय तहको जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले बताए। उनका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसङ्ख्या घटेको छ।

राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५ दशमलव शून्य चार प्रतिशतले जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ। विसं २०६८ मा यहाँको जनसङ्ख्या २२ हजार चार सय ७४ रहेकामा विसं २०७८ मा १६ हजार आठ सय ४६ मा झरेको छ।

यस्तै १० वर्षको अन्तरालमा जन्तेढुङ्गा गाउँपालिकाको जनसङ्ख्या २२ दशमलव २० प्रतिशतले घटेको छ। विसं २०६८ मा १५ हजार चार सय ४४ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १२ हजार १६ जनसङ्ख्या गणना भएको छ। बराहपोखरी गाउँपालिकामा विसं २०६८ मा १४ हजार तीन सय ४९ जनसङ्ख्या रहेकामा उक्त सङ्ख्या २० प्रतिशतले घटेर ११ हजार तीन सय ९७ देखिएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार एक सय ७५ रहेकामा उक्त सङ्ख्या १९ दशमलव १८ प्रतिशतले घटेर १६ हजार तीन सय पाँचमा झरेको छ।

ऐसेलुखर्क गाउँपालिकामा १७ दशमलव ८९ प्रतिशतले जनसङ्ख्या घटेको छ। विसं २०६८ मा १६ हजार ९७ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय १७ कायम भएको छ। साकेला गाउँपालिकाको जनसङ्ख्या १७ प्रतिशतले घटेको छ। विसं २०६८ मा ११ हजार पाँच सय ९४ थियो भने विसं २०७८ मा नौ हजार छ सय २३ गणना भएको तथ्याङ्क अधिकृत महतोले जानकारी दिए।

त्यस्तै रावाबेँसी गाउँपालिकामा १६ दशमलगव २३ प्रतिशतले जनसङ्ख्या घटेर ११ हजार एक सय ९९ भएको छ। यहाँको जनसङ्ख्या विसं २०६८ मा १३ हजार तीन सय ६९ थियो। केपिलासगढी गाउँपालिकामा १३ दशमलव ४५ प्रतिशतले जनसङ्ख्या घटेको छ। विसं २०६८ सालमा १५ हजार दुई सय ८८ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय ३१ मा झरेको छ।

हलेसी तुवाचुङ नगरपालिकाको जनसङ्ख्या आठ दशमलव ३१ प्रतिशतले घटेर २७ हजार ७८ जनसङ्ख्या गणना गरिएको छ। विसं २०६८ मा यहाँको जनसङ्ख्या २९ हजार पाँच सय ३२ थियो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ दशमलव ३० प्रतिशतले जनसङ्ख्या घटेको छ। विसं २०६८ मा ४६ हजार नौ सय तीन रहेकामा दश वर्ष पछि गरिएको जनगणनामा यहाँको जनसङ्ख्या ४३ हजार आठ जना देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ।

स्थानीय तहहरूले बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए। जिल्लामा सबैभन्दा बढी खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुँदा बसाइँसराइ हुने गरेको उनको भनाइ थियो।

प्रकाशित: २०८० असार १ गते शुक्रबार ०५:५३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

सन् २०२३ को मध्यसम्ममा भारत बन्दैछ सर्वाधिक जनसंख्या भएको देश

न्युयोर्क- सन् २०२३ को मध्यसम्ममा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने भएको छ। चीनलाई उछिन्दै भारत सबैभन्दा बढी देश बन्न लागेको संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक तथ्यांकले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना