काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले व्यवसायिक घरना शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको छ।
सीआईबीको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। साझेदार दीपक भट्ट पक्राउ परेको भेलिपल्ट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको हो।
भट्टलाई जिल्ला अदालत काठमाडौंले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अग्रवाल शुक्रबार दिउसै पक्राउ परेका थिए। अग्रवालसँग विभागले दिउँसो ४ बजेबाट बयान लिएर राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ।
ललितपुर परिसरका प्रवक्ता एसपी गौतम मिश्रले अग्रवाल परिसरको हिरासतमा रहेको पुष्टि गरेका छन्।


