काठमाडौं– स्वास्थ्यमा फेरि समस्या देखिएपछि गए राती राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए।
उनले भने, ‘राष्ट्रपतिलाई केही असहज महसुस भएपछि शुक्रबार राती नै अस्पताल लगिएको हो। राष्ट्रपतिमा कमजोरीका कारण यस्तो भएको हुन सक्ने चिकित्सकले बताएका छन्’, उनले भने।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेलको गत मंगलबार मात्रै सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमो एन्जियोग्राम गरिएको थियो। केही समयअघि राष्ट्रपति पौडेल भारत उपचारमा गएर फर्किएका थिए।


