काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। शनिबार बिहान ३ बजे पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको हो।
शनिबार बिहान ३ बजेतिर स्वास्थ्यमा पुनः समस्या देखिएको थियो। राष्ट्रपतिको सचिवालयका अनुसार चिकित्सकहरूले कमजोरीका कारण समस्या भएको बताएका छन्।
मंगलबार मात्रै सेन्टरमा नै पौडेलको एन्जियोग्राम गरिएको थियो।


