२०८३ साउन १३ गते बुधबार

अमेरिकामा ‘घाटगाउँ’ पुस्तकको डायस्पोरा विमोचन सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३०
0716b4e0-d9ae-4bdd-8f38-a9bd99f55832

कोलोराडो : लेखकको परिचय बनाएका पत्रकार विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन भएको छ। शनिबार रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनामा अमेरिकाको कोलोराडोमा पत्रकार तथा लेखक विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको हो।

शनिबार कोलोराडोस्थित नेपाली घरमा नयाँ वर्ष विशेष कार्यक्रममा रक्की माउन्टेन संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख अतिथी विनोद त्रिपाठी, विशेष अतिथीहरु प्रा.डा. विजय शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सभापति तथा साहित्यकार पदम विश्वकर्मा, रक्की माउन्टेनका पूर्वअध्यक्ष टीका पौडेल, निवर्तमान अध्यक्ष अर्जुन बगाले, अध्यक्ष आकृति राई र लेखक विष्णु विवेकले ‘घाटगाउँ’ पूस्तकको विमोचन गरे।

विमोचन कार्यक्रममा बोल्दै लेखक, साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले अमेरिका आएको दुई वर्षमै पुस्तक लेखेर लेखकको परिचय बनाएको भन्दै लेखकको प्रशंसा गरेका थिए। अमेरिकाका कोलोराडो, न्युर्योक, लास भेगास लगायत सहर घुमेपछि सामाजिक सञ्जालमा मिठो भाषामा आफ्नो अनुभव लेख्ने लेखकको लेखनबाट आफू प्रभावित भएको भन्दै उनले लेखकलाई नेपाली डायस्पोराको साहित्यिक संसारमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए। सुर्खेतको विकट गाउँबाट संघर्ष गर्दै काठमाडौँमा पत्रकारिता गरेर अमेरिका आएपछि लेखनमा सक्रिय भएर पुस्तक प्रकाशन गर्नु महत्वपूर्ण उपलब्धी भएको भन्दै विश्वकर्माले निरन्तर लेखनका लागि शुभकामना दिएका थिए।

पुस्तक बिक्रीबाट आएको रकमले आफ्नै गाउँको स्कूलमा पूस्तकालय बनाउने सकारात्मक सोच र काम झन् महत्वपूर्ण भएको भन्दै पुस्तक किनेर पढिदिनुका साथै अभियानमा साथ दिन पनि उनले आग्रह गरे।

‘विष्णुजीले अमेरिका आएदेखि आफ्ना भोगाई, अनुभव र घुमघामका विषयहरु सामाजिक सञ्जालमा लेख्नुहुन्थ्यो’ विमोचन कार्यक्रममा साहित्यकार विश्वकर्माले लेखकका बारेमा भने, ‘पछिल्लो समय उहाँले न्युयोर्क घुमेपछि असाध्यै मिठो भाषामा लेख्नुभयो। हामीमध्ये धेरैले न्युयोर्क घुम्यौँ। तर उहाँले जसरी लेख्नुहुन्छ, त्यसले धेरैको मन छुने बनाएको छ, आफैँ घुमेको जस्तो महसुस हुन्छ। अरुलाई प्रभावित पार्ने लेखनले निरन्तरता पाओस् भन्ने काम गर्छु। यो पुस्तक बिक्रीबाट उहाँले आफ्नै गाउँमा पुस्तकालय बनाउँछु भन्नुभएको छ। यति राम्रो कामका लागि पनि यो पुस्तक किनेर पढेर साथ दिनुहुन म सबैलाई अनुरोध गर्दछु।’

यस्तै कार्यक्रममा रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले अमेरिका आएको छोटो समयमै पुस्तक प्रकाशन गरेर लेखकको परिचय बनाएकोमा लेखकलाई बधाई ज्ञापन गरेका थिए। अमेरिका आएको सुरुवाती समयदेखि आफुले देखे, भोगेको विषयलाई संस्मरणका रुपमा पूस्तकमा उतार्न सह्रानीय काम भन्दै उनले सुरुवाती दिनदेखि एक अभिभावकका रुपमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए। कोलोराडोमा आएको छोटो समयमै सामाजिक रुपमा सक्रिय हुँदै पुस्तकसमेत प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गर्दा कोलोराडोमा रहेका आफू लगायत धेरै नेपालीलाई गौरव लागेकोसमेत उनले बताए।

यस्तै रक्की माउन्टेन फेण्ड्स अफ नेपालकी अध्यक्ष आकृति राईले ‘घाटगाउँ’ पुस्तक पढ्र्द गर्दा आफू धेरै ठाउँमा भावुक बनेको बताइन्। लेखकले आफू जन्मेको गाउँदेखि सदरमुकाम, काठमाडौँ हुँदै अमेरिकासम्म आइपुग्दा भोगेका अनेक कठिनाई, संघर्ष पुस्तकमा पढ्दै जाँदा आफ्नै जीवनयात्रा ‘रिक्याप’ हुने भन्दै उनले पुस्तकले धेरैपटक भावुक बनाउने टिप्पणी गरिन्। गाउँको संघर्षदेखि अमेरिकाको व्यस्त दैनिकीसम्मको भोगाईलाई पुस्तकमा उतार्नु आफैमा कठिन र महत्वपूर्ण काम भएको भन्दै उनले लेखकीय यात्राको निरन्तरताका लागि शुभकामसमेत दिइन्।

आफूले नेतृत्व गरेको संस्थाको युवा संयोजकको जिम्मेवारीमा रहेर लेखक तथा पत्रकारको पुस्तकका रुपमा ‘घाटगाउँ’ विमोचन गर्दा रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल संस्थाका लागि गौरवको विषय भएकोसमेत अध्यक्ष राईले बताइन्।

‘यो पुस्तक पढ्दै गर्दा म धेरै ठाउँमा भावुक भएकी छु। पुस्तकका पाना पाना पढ्दा आफैँ आफ्नो गाउँदेखि अमेरिका आउँदासम्मको यात्रा सम्झेकी छु। आमाको दुःख, माया र प्रेरणालाई मिठो भाषामा पुस्तकमा समेट्नु सबैका लागि यो पुस्तक प्रेरणादायी हुन्छ भन्ने मेरो विश्वास छ। संस्थाको युवा संयोजकको जिम्मेवारीमा रहेकै बेला यो पुस्तक हामीले विमोचन गर्न पाउनु पनि रक्की माउन्टेनका लागि गौरवको विषय हो’ अध्यक्ष राईले विमोचन कार्यक्रममा भनिन्।

पुस्तक विमोचनपश्चात कार्यक्रम सञ्चालनका क्रममा लेखक विष्णु विवेकले अमेरिकामा लेखकको परिचय बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका थिए। पुस्तक बिक्रीबाट गाउँको स्कूलमा पुस्तकालय बनाउने अभियान सफल पार्न भन्दै पुस्तक किनेर पढिदिन पनि उनले आग्रह गरेका थिए।

सुर्खेतको घाटगाउँमा जन्मेर सदरमुकाम वीरेन्द्रनगरबाट रेडियो पत्रकारिता थालेका पत्रकार विष्णु विवेकले काठमाडौँमा दश वर्षसम्म मूलधारको पत्रकारिता गरेका थिए। नवज्योति एफएम, क्यापिटल एफएम, अन्नपूर्ण एफएम हुँदै उज्यालो रेडियो नेटवर्कसम्म काम गरेका उनी कोभिड महामारीपछि इकागज र खबरहब डटकम लगायत अनलाइनमा पनि कार्यरत थिए।

रेडियो तथा अनलाइन पत्रकारितापछि नेपालको पर्यटन प्रवर्द्धनमा होमिएका विष्णु विवेक नेपाल टूरिजम फेस्टिभल, ताप्लेजुङ–दार्चुला बाइक टूर, गोल्डेन ट्रयाङ्गल बाइक टूर लगायत कार्यक्रमका संस्थापकसमेत हुन्। स्कुले जीवन संघर्षदेखि रेडियो पत्रकारिता, अनलाइन पत्रकारिता, पर्यटन अभियान्ताका रुपमा काम गर्दाका अनुभवका साथै अमेरिका पुगेपछिको भोगाई पनि उनले पुस्तकमा समेटेका छन्।

हाल कोलोराडोमा रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल संस्थाको युवा संयोजकको जिम्मेवारीमा रहेका पत्रकार तथा लेखक विष्णु विवेक एनआरएनए एनसीसी अमेरिकाको सञ्चार समिति सदस्य पनि हुन्। उनले हालै एनआरएनए अमेरिकाको प्रस्तुतीका रुपमा नेपाली नागरिकता प्राप्तिको प्रक्रिया, गैरआवासीय नेपालीलाई मतदानको अधिकार तथा नेपालमा गैरआवासीय नेपालीको लगानी सुनिश्चित वातावरण बनाउन सरकारसँग माग गर्दै ‘डायस्पोरा डिस्कोर्स सिरिज’ सञ्चालन गरिरहेका छन्।

सन् २०२४ मा अमेरिका आएका पत्रकार तथा लेखक विष्णु विवेकले सन् २०२६ को सुरुवातमै ‘घाटगाउँ’ पूस्तक पहिलोपटक आफ्नै गाउँ र काठमाडौँमा विमोचन गरेका थिए। त्यसपछि अन्तर्राष्ट्रिय तथा डायस्पोरा विमोचनका रुपमा ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन गरिएको हो। पुस्तक बिक्रीबाट आएको सबै रकमले गाउँकै स्कूलमा यसै वर्ष पुस्तकालय निर्माण गरिने पनि उनले बताएका छन्।

प्रकाशित: २०८२ चैत ३० गते सोमबार ०२:२४
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना