काठमाडौँ: काठमाडौँको भृकुटीमण्डपभित्रको संरचना भाडामा लिइ बक्यौता नतिर्ने २० संस्था र व्यवसायिक क्लबमा ताला लाग्ने भएको छ। समाज कल्याण परिषद्ले पत्रकार ऋषि धमालाको रिपोर्टर्स क्लबसहितका संस्थामा ताला लगाउने निर्णय गरेको हो।
भाडा नतिर्नेमा अनेरास्ववियुको कार्यालय पनि रहेको छ।
२० संस्थाबाट ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको परिषद्ले जनाएको छ। रिपोर्टस् क्लबले ७३ लाख ४० हजार, बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालले ८९ लाख ९० हजार, उपभोक्ता मञ्चले ४५ लाख ५७ हजार, नेपाल पत्रकार महासंघले ३३ लाख ७ हजार बक्यौता तिर्न बाँकी छ।
यी हुन् भाडा नतिरेपछि ताला लाग्न लागेका संस्थाहरू








