काठमाडौँ: ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालका तीनवटै गाडी कारबाहीमा परेका छन्। सिंहदरबार आउने क्रममा थापाथलीमा लेन नियम मिचेपछि सभामुख अर्यालको गाडीसहित अगुवापछुवा थप २ गाडीलाई पनि कारबाही गरिएको हो।
नियम उल्लंघन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो। ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट दिएको हो।
केही समयअघि गृहमन्त्री सुदन गुरुङले भीभीआईपी सवारीमा समान ट्राफिक नियम लगाउन निर्देशन दिएका थिए। उनले भीभीआईपीका नाममा सर्वसाधारणलाई दु:ख नदिन निर्देशन दिएका थिए।


