२०८३ कार्तिक ११ गते मङ्गलबार

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २
First International wellness day-Nepal photo library-13

काठमाडौँ: संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गरेका छन्।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि डोल प्रसाद अर्यालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताएका छन्। उनले भने, ‘आरोग्य केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो।’ सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै थपे, ‘हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ। अब संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ।’

त्यसैगरी, पर्यटनमन्त्री खड्कराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा उल्लेख गर्दै नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताए। उनले भने, ‘आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नै भित्र फर्किने साहस हो। यो आत्माको मौनता बुझ्ने कला हो।’ मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्‍वमा आरोग्य अति आवश्यक भएको उल्लेख गरे। ‘मानिससँग सबै कुरा छ, तर दुई पलको शान्ति छैन। अब विश्वले खोजेको शान्ति नेपालले दिन सक्छ,’ उनले भने।

उनका अनुसार, सरकारले आरोग्य पर्यटनलाई ‘सफ्ट पावर’का रूपमा विकास गर्ने नीति लिएको छ। ‘सरकारको १०० बुँदे कार्ययोजनामा नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राखिएको छ, र त्यसको आधारमा सन् २०२७ लाई आरोग्य वर्ष घोषणा गरिएको हो,’ उनले स्पष्ट पारे। सरकारले आरोग्य पर्यटनलाई दीगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ। मन्त्री पौडेलले नेपाललाई केवल घुम्ने गन्तव्य नभई ‘आफूलाई चिन्ने र आत्मिक शान्ति खोज्ने केन्द्र’का रूपमा विश्वमा स्थापित गर्ने सन्देश दिइएको छ।

कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको औंल्याए। उनले भने, ‘नेतृत्व लिनुअघि स्वामित्व लिनुपर्छ। आरोग्यका तीन चरण छन्, र नेपालमा ५० लाखभन्दा बढी मानिस स्वजाग्र ध्यानमा संलग्न छन्।’ उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको आवश्यकता औंल्याए।

समारोहको सुरुवातमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा मन्त्रउच्चारण गरिएको थियो भने ध्यान र योग सत्र पनि सञ्‍चालन गरिएको थियो। त्यसैगरी स्पा एसोसिएनका प्रतिनिधिले हिलिङबारे जानकारी गराएको थियो। कार्यक्रममा ध्यान तथा योग, आरोग्य पर्यटन रणनीति र लोगोसमेत सार्वजनिक गरिएको थियो। नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का रूपमा औपचारिक मान्यता दिएको थियो। उक्त मान्यतापछि विश्वभर पहिलो पटक यो दिवस मनाइएको हो।

प्रकाशित: २०८३ बैशाख २ गते बुधबार ०२:०७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना