लामो समयदेखि बन्द गरिएको काठमाडौँस्थित खुलामञ्च सर्वसाधारणका लागि खुलेको छ।
दुई वर्षअघि पूर्णरूपमा बन्द गरिएको खुलामञ्च बिहीबार बिहान काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुल्लामञ्च खुल्ला गरिएको हो।
खुलामञ्च मुलुकका हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको स्थान हो। २०६८ मा काठमाडौँ महानगरले बसपार्क रहेको स्थानमा भ्यू टावरसहितको २१ तले व्यापारिक भवन बनाउने निर्णय गरेपछि खुलामञ्चमा बसपार्क सारिएको थियो। तर बसपार्क उक्त स्थानबाट हटाएको लामो समय भैसक्दा पनि उक्त स्थान खुला गरिएको थिएन।
२०७८ देखि खुलामञ्चमा सर्वसाधारण तथा सवारीसाधन प्रवेशमा रोक लगाएको थियो।
खुलामञ्चको व्यवस्थापन अब २७ र २८ वडाले गर्नेछ।
















