मेलम्ची- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी परियोजनाको बाँध क्षेत्र निरीक्षणका लागि अम्बाथान आइपुगेका छन्।
दुई वर्षअघि भ्रेमाथाङको भेलबाढीका कारण परियोजनाको मुख्य बाँध क्षेत्र सुरुङ र तटीय क्षेत्र तहसनहस पारेको क्षेत्रलगायतमा उनले निरीक्षण गरेका हुन्।
प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत, खानेपानीमन्त्री महेन्द्र राय यादवसहितको टोली निरीक्षणको लागि आएको हो।


















