२०८३ कार्तिक २२ गते शनिवार

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ५
default
default

पर्वत। यो समय घुमघामका लागि अनुकूल मानिन्छ। जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ। अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो।

नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेका बेला पर्वतको सबैभन्दा उचाइमा रहेको नयाँ गन्तव्य कोखेडाँडा र हम्पाल क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको छ। मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको आकर्षक स्थान हो। समुद्री सतहबाट तीन हजार ३०९ मिटरको उचाइमा रहेको यो स्थान निकै मनमोहक र सुन्दर छ। यो जिल्लाकै सबैभन्दा उच्च स्थान पनि हो।

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्रामार्फत पुग्न सकिने कोखेडाँडाबाट यतिबेला रङ्गीबिरङ्गी लालीगुराँस, सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत दर्जनाैँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ। यहाँबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँ जिल्ला प्रत्यक्ष रूपमा देख्न सकिन्छ।

लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेपछि यहाँ पर्यटकको चहलपहल बढ्दै गएको बताए। गुरुङले रु एक करोड २० लाखको लगानीमा आपा कटेज स्थापना गरी सञ्चालन गरिरहेका छन्।

कटेजमा एक रातमा नेपाली ४० जनासम्म बास बस्न मिल्ने बताउँदै उनले विदेशी १५ जनासम्म राख्न सकिने जानकारी दिए। अहिले अग्रिम बुकिङ गरेर आउनेहरूको सङ्ख्या उल्लेख्य रहेको गुरुङले बताउनुभयो। विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेका उनको भनाइ छ।

बस्नका लागि स्थान सीमित भए पनि दैनिक सयाैँ पर्यटक आएर अवलोकन गरी फर्किने गरेका गुरुङले बताउनुभयो। उहाँले आफ्नो कटेजमा आउने आन्तरिक र बाह्य पर्यटकलाई छुट्टाछुट्टै दररेटको दरभाउ (प्याकेज) बनाइएको जानकारी दिए।

कोखेडाँडामा विभिन्न ३० देशका झन्डासमेत राखिएको छ। बाह्य पर्यटकको आकर्षण बढाउनका लागि भारत, एसियासहित अधिकांश मुलुकका साथै, युरोपियन मुलुक, अष्ट्रेलिया र अमेरिकन देशका झन्डाहरूले सजाएर आकर्षक बनाइएको छ।

पर्यटकीयस्थल कोखेडाँडा जानका लागि पर्यटकले तीनवटा मार्ग प्रयोग गर्दै आएका छन्। कास्कीको नयाँपुल-उल्लेरी-वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ। त्यसैगरी पातीचौर-बाजुङ-क्याङ-लेसपारसम्म गाडीमा यात्रा गरी त्यहाँबाट करिब सात घण्टाको पैदलयात्रामार्फत पनि कोखेडाँडा पुग्न सकिन्छ। त्यस्तै पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक-शालिजा-तारे-हम्पालसम्म सवारीसाधनमार्फत यात्रा गरेर तीन घण्टाको पैदलयात्रा गरी कोखेडाँडा पुग्न सकिन्छ।

कोखेडाँडासँगैको अर्को गन्तव्य हो पर्वतको हम्पाल डाँडा। जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने यो क्षेत्र समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित यो डाँडामा नेपालकै सबैभन्दा बढी १२ थरिका लालीगुराँस पाइन्छन्।

फागुनदेखि जेठसम्म विभिन्न प्रजातिका लालीगुराँसले रङ्गीबिरङ्गी हुने हम्पालमा लालीगुराँस हेर्न, टिप्न, तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउनका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समय बढेको स्थानीय पर्यटन व्यवसायी तिलक पुनले बताए। उनका अनुसार यहाँ रातो, सेतो, पहेँलो, हरियो, नीलो, खैरो, गुलाबी, बैजनीलगायत रङका लालीगुराँसहरू फुल्ने गर्दछन्।

हम्पालमा पछिल्लो समय सडक मार्ग र पदमार्ग दुवैको पहुँच बढेपछि घुम्न आउने पर्यटकको सङ्ख्या बढेको मोदी गाउँपालिका-४ लेसपारका पर्यटन व्यवसायी नरसिंह पुनले जानकारी दिए। “जता हेरे पनि गुराँसैगुराँस देखिन्छ, आँखै तिरमिराउनेगरी फुलेको देख्न सकिन्छ”, उनले भने।

विद्यालय तथा क्याम्पसका विद्यार्थी, शिक्षक, विभिन्न सङ्कायमा अध्ययन गर्ने विद्यार्थी खोज तथा अनुसन्धान गर्न तथा विदेशी पर्यटकसमेत हम्पालमा आउने गरेको पर्यटन व्यवसायी पुनले बताए। विभिन्न पुराणमा वर्णन गरिएको पवित्र कालञ्जर भूमिका रूपमा अवस्थित हम्पाल तथा जलजला क्षेत्र हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास भएको छ।

जलजला गाउँपालिका-५ र ६ तथा मोदी गाउँपालिका-१, ३ र ४ मा अवस्थित हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रूपमा पूर्वाधार निर्माण थालेका छन्। पर्यटकका लागि आश्रयस्थल, भ्यूप्वाइन्ट, खानेपानीको व्यवस्था, शौचालय निर्माण र सडक स्तरोन्नतिलगायतका पूर्वाधारसमेत निर्माण गरिसकिएको छ।

जलजलामा विगत तीन वर्षदेखि होटल व्यवसाय गर्दै आएका टीका पुनले लालीगुराँस हेर्नका लागि आउने पर्यटकले दैनिकजसो होटल भरिभराउ हुने गरेको बताए। दैनिक होटल बुकिङ गर्नेको सङ्ख्या उल्लेख्य रहेको उनको भनाइ छ। लालीगुराँस हेर्न आउनेहरू एक दिन हम्पालमा बसेर अर्को दिन पर्वतको कोखेडाँडा, ताप्राङ र म्याग्दीको पुनहिल, घोरेपानी, मोहोरेडाँडातर्फ जाने गरेका पुनले जानकारी दिए।

मोदी र जलजला गाउँपालिकाले संयुक्त रूपमा लगानी गरेर गत मंसिरमा विद्युतीकरणसमेत गरिसकेका छन् भने अब सञ्चारको सुविधाका लागि पहल भइरहेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए। उनका अनुसार जलजलाबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ।

धवलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल हो। जलजलामा ठूलो मैदान छ। सोही मैदान सम्याएर कृत्रिम तलाउ बनाउने योजनाअनुरुप डिपिआरको काम सकिएको उपाध्यक्ष आचार्यले बताए।

यसैबिच नेपाल पत्रकार महासङ्घ पर्वतको टोलीले हम्पाल, जलजला र कोखेडाँडाको पर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा गरेको छ। पदयात्राका क्रममा यस क्षेत्रमा विस्तार भएको पूर्वाधार, पर्यटनको सम्भावना, चुनौती र भावी योजनाका बारेमा छलफल तथा अन्तर्क्रियाका साथै अवलोकनसमेत गरेको पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिए। रासस

प्रकाशित: २०८३ बैशाख ५ गते शनिवार ०९:००
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

‘महिनौँ बितिसक्यो, ग्यास पाएको छैन’

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना