काठमाडौं। बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध बनेको। सडकका विभिन्न ठाउँका डाइभर्सनहरू बगाएका कारण सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
शनिबार राती रोशी खोलामा पानीको बहाव बढ्दा डाइभर्सन बगाएको कार्यालयले जनाएको छ।
राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने प्रहरीले जनाएको छ।
सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।


