२०८३ कार्तिक १४ गते शुक्रबार

लाखौँ आम्दानी दिने बेत बाँस: बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ७
bamboo

कैलाली: कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँसका लागि प्रख्यात छ। सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँको बेत बाँस सङ्कलन गर्दै आएको छ।

वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस हो। आर्थिक हिसाबले सम्पन्न यस सामुदायिक वनले बेत बाँस सङ्कलनबाट दर्जनौँ स्थानीयवासीलाई रोजगारी सिर्जना गर्दै आएको छ। अहिले वनबाट काँचो बेत सङ्कलन भइरहेको छ। दर्जनौँ स्थानीयवासी बेत सङ्कलनमा जुटेका छन्। उनीहरूले सङ्कलन गरेको बेत वनले प्रतिकिलो रु. ११ मा खरिद गर्दै आएको छ।

तीन हजार क्विन्टल बेत बाँस सङ्कलन गर्ने लक्ष्य लिएको सामुदायिक वनले आवश्यकताअनुसार कामदार नपाउँदा लक्ष्य भेटाउन मुस्किल भएको वन कार्यालयका प्रमुख मीनबहादुर ठकुल्ला बताउँछन्।

‘अहिलेसम्म लगभग ९०० क्विन्टल सङ्कलन भएको छ। लक्ष्यअनुसार यस वर्ष पनि बेत सङ्कलन हुँदैन,’ उनी भन्छन्, ‘कामदार पाउन निकै गाह्रो हुँदा गत वर्ष पनि लक्ष्यअनुसार बेत सङ्कलन गर्न सकिएको थिएन। वनले गत वर्ष एक हजार ४०० क्विन्टल बेत बाँस सङ्कलन गरेको थियो।’

वनको १४६ हेक्टर क्षेत्रफलमा बेत बाँस छ। त्यसमध्ये १० हेक्टरभन्दा बढी क्षेत्र कर्णाली नदीको कटानमा परिसकेको छ। बेत बाँस भएको क्षेत्रलाई चार भागमा विभाजन गरेर वनले पाँच वर्षमा एक पटक एउटा भागको बेत बाँस सङ्कलन गर्दै आएको छ।

‘हामीले वर्षमा ७० देखि ८० लाख रुपैयाँसम्मको बेत बाँस बिक्री गरेको रेकर्ड छ,’ सामुदायिक वनका अध्यक्ष जितराम चौधरी भन्छन्, ‘यसरी आम्दानी भएको रकम उपभोक्ताहरूलाई प्रदान गरिने सेवामा खर्च गर्ने गरेका छौँ।’

उनका अनुसार वनले बर्सेनि जाडोको समयमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै आएको छ। साथै, उपभोक्ताका बालबालिकालाई छात्रवृत्ति र उपभोक्ताको परिवारमा कसैको निधन हुँदा किरिया खर्चबापत वनले नगद सहयोगसमेत गर्दै आएको छ।

काँचो बेत प्रतिकिलो रु. ११ मा खरिद गरेर सामुदायिक वनले त्यसलाई सुकाई उपभोक्ताका लागि प्रतिकिलो रु. ५० मा उपलब्ध गराउँदै आएको छ। बाहिर बिक्री गर्नुपर्दा प्रतिकिलो रु. ९० मा बिक्री गरे पनि ‘टेन्डर’ मार्फत प्रतिकिलो रु. १०५ सम्ममा बिक्री हुने गरेको अध्यक्ष चौधरीको भनाइ छ।

उनका अनुसार बजारमा बेतको माग उच्च रहे पनि त्यसलाई पूरा गर्न सकिएको छैन। टीकापुरमा मात्रै बेत बाँसका फर्निचर उत्पादन गर्ने दर्जनौँ उद्योग सञ्चालनमा छन्। ती सबै उद्योगको कच्चा पदार्थको स्रोत यही सामुदायिक वन हो।

बर्सेनि कर्णाली नदीको कटानका कारण सामुदायिक वनको क्षेत्रफल खुम्चिँदै गएको छ, जसले गर्दा टीकापुर नगरपालिकाको दक्षिण–पूर्वी क्षेत्र थप जोखिममा पर्दै गएको छ।

प्रकाशित: २०८३ बैशाख ७ गते सोमबार ०३:११
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना