२०८३ कार्तिक १४ गते शुक्रबार

सर्वाधिक कर तिरेर सम्मानित शाह पनि दीपक भट्टको सेयर जालसाँझीमा संलग्न, कारबाही सिफारिस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ९
raj-bahaudr_tax

काठमाडौँ:  गएको मंसिर १ गते आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक कर तिरेका जावलाखेल ग्रुपका सञ्चालक राजबहादुर शाहलाई सम्मानित गर्‍यो। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेका शाहलाई पूर्वअर्थमन्त्री रामेश्वर खनालले सम्मानपत्रसहित सम्मानित गरेका थिए।

उनै शाह विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको धितोपत्रको मूल्यमा हेरफेर गर्न योजनाबद्ध तथा संगठित अपराधमा मुछिएका छन्।

१६ उत्कृष्ट करदाता सम्मानितः बैंकिङतर्फ नेपाल इन्भेस्टमेन्ट, व्यक्तिगतमा राजबहादुर शाह

शाह गोरखा ब्रुअरीका अध्यक्षसमेत हुन्। गोरखा ब्रुअरीले काल्र्सबर्ग ग्रुपसँगको साझेदारीमा नेपालमा बियर उत्पादन गर्दै आएको छ। भट्टसहित शाह, सुभी अग्रवाल र ऋषिराज मोरले पनि भट्टले जस्तै अग्रिम रकम नदिइ सेयर कारोबारको सीमा प्राप्त गरी कारोबार गरेको प्रतिवेदनमा भनिएको छ।

सेयर कारोबारको सबै रकम चुक्ता नगरेको तथा रकम चुक्ता भुक्तान नभई सेयर उनीहरूको खातामा प्राप्त भएको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले समेत दीपक भट्टले जस्तै अग्रिम रकम नदिई सेयर कारोबारको सीमा प्राप्त गरी कारोबार गरेको, सेयर कारोवारको सबै रकम चुक्ता नगरेको तथा रकम चुक्ता भुक्तान नभइ सेयर निजहरूको खातामा प्राप्त भएको। यस कार्यबाट निजहरूले खरिद गरेको सेयरको मूल्यवृद्धि हुन सहयोग पुगेको देखिन्छ । साथै लगानीकर्ता र धितोपत्र वजारलाई झुक्याउने कार्य भएको देखिन्छ। अतः निजहरूले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिसँग मिली यो योजना तथा कार्य गरी धितोपत्रको लगानीकर्तालाई झुक्याइ धितोपत्रको मूल्य वृद्धि गरेको देखिन्छ जसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ वमोजिमको कसूर भएको हुन सक्ने देखिएको।’

भट्ट र उनका साझेदारहरूले धितोपत्रको मूल्यमा हेरफेर गर्न योजनाबद्ध तथा संगठित काम गरेको निष्कर्ष अध्ययनले निकालेको छ।  उक्त तिर्नुपर्ने रकमबाट राफसाफ गरी जालसाजीपूर्ण कारोबार कारोबारको मुख्य दोषीका रूपमा भट्टलाई देखाइएकोमा उक्त कसुरमा संलग्न अन्य व्यक्तिमा शाहसहित सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, भृकुटी स्टक ब्रोकिङका कार्यकारी प्रमुख सन्दीप चाचान र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरसमेत सहभागी रहेको अध्ययनले देखाएको छ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ गर्न बनेको समितिले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिले भट्टबाट उनले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने गरेको निष्कर्ष निकालेको छ। भट्टसँग सम्बन्धित विभिन्न कम्पनी र ती कम्पनीका सञ्चालकहरूलाई दिनुपर्ने रकम नदिइ त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट गर्ने गरेको प्रतिवेदनमा भनिएको छ।

भट्टले कुनै पनि रकम भुक्तानी नगर्ने कार्यबाट रकमको लेनदेनबिना नै उधारोमा सेयर कारोबार गरी सेयरको मूल्य वृद्धि भएको हुन सक्ने र यसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ बमोजिमको कसूर भएको हुनसक्ने देखिएको ठहर सेबोनले गरेको छ।

अनुसन्धानका क्रममा भट्टले आफ्नो ४.५ प्रतिशत सेयर स्वामित्व भएको इन्फिनिटी होल्डिङ्गबाट सन् २०२५ नोभेम्बर ९ मा एक हजार ८० कित्ता सेयर खरिद गरी नोभेम्बर १६ मा १५ प्रतिशत सेयर स्वामित्व रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता रू. एक १६० देखि एक हजार १८२ सम्ममा तथा हिमालयन रिइन्स्योरेन्सअन्तर्गत स्वामित्वमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी प्रतिकित्ता एक हजार १८५ रुपैयाँमा बिक्री गरेको भेटिएको हो।

प्रतिवेदनमा भट्ट र उनका साझेदारहरू मिलेर सेयर कारोबार गर्न संयुक्त रकम जम्मा गर्ने गरेको र त्यसपछि अधिकांश आफ्नै लगानी रहेका कम्पनीहरूमार्फत मिलेमतोमा विभिन्न कम्पनीको सेयर खरिदबिक्री गरी कृत्रिम मूल्य बढाउने कार्य गरेको भेटिएको भनिएको छ। यसरी उनीहरूले कम्पनीमा रहेको सेयर सस्तोमा किन्ने र महँगोमा आफ्नै लगानी रहेका अन्य कम्पनीलाई बेच्न गरेको भेटिएको हो।

प्रतिवेदनअनुसार भुकुटी स्टक ब्रोकिङलाई भट्टले २ अर्ब ८९ करोड २० लाख, राजबहादुर शाहले ८९ करोड ७० लाख ९७ हजार, शुभी अग्रवालले ६२ करोड ८९ लाख ५६ हजार, त्यस्तै ऋषिराज मोरले २३ करोड रुपैयाँ रकम तिर्न बाँकी छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को झुठो कारोबार, ९५ को धितोपत्र बजारलाई प्रभावित पर्ने र ९८ को जलसाजीयुक्त कारोबार कसुरमा भट्टलाई र शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोरबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को र दफा ९८ बमोजिमको कसूरमा अनुसन्धान गरी कारबाही गर्न बोर्डले उक्त प्रतिवेदन प्रहरी कार्यलय पठाउने निर्णयसमेत गरेको छ ।

धितोपत्रको मूल्यमा हेरफेर गर्न योजनाबद्ध तथा संगठित अपराधमा भट्टसहितको समूहलाई दोषी ठहर गरिराख्दा बोर्डले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा र रोहित गुप्ता र रमेश कर्पका राजबहादुर गुप्ताले उक्त कार्यमा सहयो गरेको भन्दै अनुसन्धान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।  यस्तो कार्यमा भट्ट समूहले  हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर,  एचएलआई लार्ज क्याप फण्ड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी प्रयोग गरेको अध्ययनले देखाएको छ।

प्रकाशित: २०८३ बैशाख ९ गते बुधबार ०३:०२
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना