काठमाडौँ: सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले अतिक्रमित सरकारी संरचना हटाउन सुकुम्बासी बस्तीहरू खाली गर्नेबारे कुनै निर्णय नभएको बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा उनले अहिलेसम्म मन्त्रिपरिषद्बाट त्यस्तो कुनै निर्णय नभएको बताएका हुन्।
बधुबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा प्रधानमन्त्री वालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने निर्देशन दिएको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो।
उक्त खबर सार्वजनिक भएपछि व्यवस्थापनबिनै बस्ती हटाउन लागिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भैरहेको छ।


