काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको पूर्वी क्षेत्रका विभिन्न जिल्लामा निरन्तरको वर्षापछि आएको बाढीपहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रिय लाग्न निर्देशन दिएका छन्।
उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै अभियानमा सहयोग गर्न आमजनसमुदायमा अपिल गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरेका छन्।
गए राती पूर्वी नेपालका विभिन्न जिल्लामा भारी वर्षापछि आएको बाढीपहिरोका कारण हालसम्म संखुुवासभामा १७, पाँचथरमा ५, ताप्लेजुङमा ३ जना गरी २५ जना बेपत्ता भएका छन्। पाँचथरमा बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ।


