काठमाडौँ- पाकिस्तानलाई ४–० ले हराउँदै कुवेतले समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाएको छ। समूह चरणका सुरुका दुई खेलमा नै जित निकालेर उसले सेमीफाइनलमा स्थान बनाएको हो।
कुवेतका लागि अलफनीले दुई गरे। त्यस्तै, हसन हमदन र इद अल रसिदले एकएक गोल गरेका थिए। पाकिस्तानले एक गोल पनि फर्काउन सकेन। उसले पछिल्लो खेलमा पनि भारतसँग ४–० कै हार व्यहोरेको थियो। व्यक्तिगत रुपमा राम्रा खेलाडी टिममा रहे पनि पाकिस्तानले गोल गर्न भने सकेन।
शनिबार हार व्यहोरेसँगै पाकिस्तानको गोलअन्तर माइनस आठ गोल पुगेको छ। अब उसको सेमीफाइनलमा पुग्ने सम्भावना पनि सकिएको छ।
साफकै दोस्रो चरणको खेलमा शनिबारै नेपालले भारतको सामना गर्दैछ। भारतविरुद्ध नेपालले जित निकाल्न सके वा बराबरी गर्न सके मात्र अर्को चरणमा जाने सम्भावना छ।
पहिलो खेलमा नेपालले कुवतेसँग ३-१ को हार व्यहोरेको थियो।


