काठमाडौं – बजार मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीहरुले ३० हजार केजी गोलभेंडा सडकमा फ्याकेका छन्।
उपत्यकामा गोलभेंडा खपत हुन छोडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन
हप्ताको पहिलो दिन आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकिएको कालीमाटी थोक तथा खुद्रा बजार समितिले जनाएको छ।
समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको बताए। उत्पादन भएको गोलभेडा खपत हुन छोडेपछि यसले मूल्य पाएको छैन्। यसकारण किसानले गोलभेंडा फ्याँकेका हुन्।

गोलभेंडाले उचित मूल्य नपाएको र बजारमा नबिकेको भन्दै कालिमाटी तरकारी तथा फलफूल बजारको द्वार अगाडि सडकमा फालेको गोलभेंडा।
फ्याकिएको गोलभेडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको देखिन्छ। त्यस्तै, रामकोट, नागार्जुन, थानकोट लगायत क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ। आचार्यले किसाले फ्याँकेको बताए पनि किसानले नै यति धेरै मात्रामा गोलभेंडा बजारमा ल्याउने गरेको भने पाइँदैन्।
त्यसैले, कालीमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन्। फ्याँकिएको गोलभेंडामध्ये पाँच हजार किसानको गोलभेडा रहेको दाबी गरिएको छ। पछिल्लो समय प्रतिकेजी चार रुपैयाँमा समेत गोलभेडा बिक्न छोडेको थियो।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ। तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ।


