काठमाडौं। सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षकमा नारायणदत्त पौडेलको बढुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।
महानिरीक्षक राजु अर्याल यही वैशाख १८ गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले एआईजी पौडेललाई आइजीपी बनाउने निर्णय गरेको हो।
नेपाल प्रहरीबाट करियर शुरू गरेका पौडेल २०५८ वैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।
उनी सुर्खेतको साविक जर्बुटा गाविस–५ मा जन्मिएका हुन्।


