२०८३ कार्तिक १३ गते बिहिबार

६० लाख जनता गरिबीको रेखामुनी, बेरोजगारी र असमानता बढ्दो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १४
poor

काठमाडौं। नेपालमा गरिबी क्रमिक रूपमा घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैकायमै छ। महामारी जस्ता संकटले गरिबी निवारणको गतिलाई सुस्त बनाएको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितीपत्रले देखाएको छ।

पछिल्लो नेपाल जीवनस्तर सर्भेक्षण २०७९/०८० अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७ प्रतिशत अर्थात करिब ६० लाख रहेको छ। नेपाल जीवनस्तर सर्भेक्षण २०६६/०६७ मा यस्तो जनसंख्या २५.१६ प्रतिशत थियो।

पछिल्लो सर्भेक्षणअनुसार ग्रामीण गरिबी २४.६६ प्रतिशत र शहरी गरिबी १८.३४ प्रतिशत रहेको छ। लघु क्षेत्र गरिबी मापनले नेपालका कतिपय पालिकामा ७० प्रतिशत भन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको देखाएको छ।

विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालको जिनी सूचक ०.३० रहेको छ। यसमध्ये शहरी क्षेत्रको जिनी सूचक ०.३०३ र ग्रामीण क्षेत्रको जिनी सूचक ०.२८७ रहेको छ। गरिबीको न्यूनीकरणमा सुधार हुँदै गए पनि कोभिड महामारीलगायतका कारण गरिबी अपेक्षित स्तरमा घट्न सकेको छैन।

गरिबी घटाउन पर्याप्त मात्रामा व्यावसायिक सीपमूलक तालिम, कृषिमा आधुनिकीकरण र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्दै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्ने स्थितीपत्रमा औंल्याइएको छ। उच्च गरिबी रहेका पालिका लक्षित गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाइएको छ।

बेरोजगारी दर उच्च

नेपालमा बेरोजगारी, अर्धबेरोजगारी र अल्प उपयोगी दर उच्च रहेको छ। चौथो नेपाल जीवनस्तर सर्वेक्षणअनुसार नेपालमा बेरोजगार दर १२.६ प्रतिशत रहेकोमा महिलाको बेरोजगारी दर १३.१ प्रतिशत र पुरुषको १०.३ प्रतिशत छ।

१५–२४ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर २२.७ प्रतिशत छ। रोजगारीप्राप्त व्यक्तिमध्ये ६४.९ प्रतिशत दैनिक ज्यालादारीमा छन्। नेपालको श्रम बजारमा युवा र महिला बेरोजगारीको अवस्था भयावह रहेको स्थितीपत्रले देखाएको छ। रोजगारी पाएका अधिकांश व्यक्ति पनि न्यून ज्याला र असुरक्षित कार्यक्षेत्रमा निर्भर छन्।

लैङ्गिक समानतामा प्रगति भए पनि आर्थिक सहभागितामा महिला अझै पछाडि छन्। मानव

विकास प्रतिवेदन, २०२५ का अनुसार लैंगिक असमानता सूचकांक ०.४८७ छ। सन् २०१५ मा यस्तो सूचकांक ०.४९७ थियो। विस २०६५ मा सरकारी सेवामा महिला कर्मचारी १२ प्रतिशत रहेकोमा २०७२ मा १९ र २०८१ मा बढेर २९.२ प्रतिशत पुगेको स्थितीपत्रमा उल्लेख छ।

नेपाल श्रम शक्ति सर्वेक्षण, २०१७ अनुसार नेपालमा श्रम शक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेकोमा पुरुषको ५३.८ प्रतिशत र महिलाको २६.३ प्रतिशत छ। त्यसैगरी, पुरुष–महिला बीचको ज्यालामासमेत अन्तर रहेको छ।

राष्ट्रिय जनगणना, २०७८ का अनुसार ३.६ प्रतिशत भूमिमा महिला र पुरुषको संयुक्त स्वामित्व रहेको छ भने ९६.४ प्रतिशत एकल स्वामित्व भएको भूमिमध्ये पुरुष र महिलाको स्वामित्व क्रमशः ७५.८ र २४.२ प्रतिशत छ।

नेपालको सार्वजनिक सेवामा महिलाको सहभागिता बढ्दै गए पनि आर्थिक पहुँच, श्रम बजार र सम्पत्तिको स्वामित्वमा अझै पनि लैंगिक खाडल र विभेद कायम रहेको स्थितीपत्रले देखाएको छ।

प्रकाशित: २०८३ बैशाख १४ गते सोमबार ०६:१२
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना