२०८३ कार्तिक ११ गते मङ्गलबार

११ वर्षअघि भूकम्पले ध्वस्त लाप्राकस्थित ऐतिहासिक गुरुङ बस्ती कस्तो बन्यो? (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १५
Laprak_Gorkha_DSC08145
२०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर आएको विनाशकारी महाभूकम्पले गोरखाको लाप्राकस्थित ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनायो। त्यसपछिको पुनर्निर्माण अभियान अन्तर्गत गैरआवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार धार्चे गाउँपालिका–४ गुप्सीपाखामा लाप्राकवासीका लागि एकीकृत नमुना बस्ती निर्माण गरिएको थियो।
करिब ३२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा ६०४ घरधुरीका लागि आवास निर्माण गरिएको छ, जसमा अधिकांश घर गैरआवासीय नेपाली संघमार्फत निर्माण गरिएका हुन् भने बाँकी नेपाल सरकारको भूकम्प राहत कार्यक्रमबाट बनेका छन्। टाढाबाट हेर्दा पंक्तिबद्ध घरहरू, वरिपरि हरियाली र वसन्त याममा डाँडाकाँडामा फुलेका राताम्य लालीगुराँसले बस्तीलाई अत्यन्त सुन्दर र आकर्षक बनाउने गर्दछ । उज्यालो घाममा टल्किने छाना र फूलले सजिएका पहाडले जो–कोहीलाई लोभ्याउने गरेको छ ।
सडक सञ्जालको पहुँचले गर्दा गोरखा जिल्लाकै दुर्गम लाप्राक गाउँमा अहिले सजिलै सँग पुग्न सकिन्छ । बारपाक देखि लाप्राक सम्मको सडक स्तरोन्नति भएसँगै नमुना बस्ती हेर्न दैनिक जसो आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।
तर, बाह्य सौन्दर्यभित्र लुकेको यथार्थ भने फरक छ। अव्यवस्थित निर्माण, कमसल सामग्रीको प्रयोग र परिवारको आकारअनुसार घर सानो भएकाले धेरै स्थानीयवासीको रोजाइमा यी घरहरू पर्न सकेका छैनन्। कतिपय घरमा प्लास्टिकका झ्याल–ढोका प्रयोग गरिएको छ भने कतिपय संरचना पूर्ण रूपमा सम्पन्न नभएको देखिन्छ।
६०४ घरमध्ये हाल करिब ६० परिवार मात्रै त्यहाँ बसोबास गर्दै आएका छन्। बसोबास गरिरहेका परिवारहरूले पनि घरलाई बस्न योग्य बनाउन थप मर्मत गर्नुपरेको छ—काठका झ्याल–ढोका जडान गर्ने, भित्री संरचना सुधार गर्ने, ढुङ्गा छाप्ने जस्ता कामका लागि अतिरिक्त खर्च गर्नुपरेको अवस्था छ।
सुन्दर र आकर्षक नमुना बस्तीमा स्थानीय बस्न रुचाउँदैनन् भने अर्को तर्फ,  पुरानो बस्ती पहिरोको जोखिममा भए पनि अधिकांशको खेतीपाती र जीविकोपार्जनको आधार त्यही भएकाले पुरानो बस्तीमा स्थानीय चहलपहल बाक्लो देखिन्छ । यसले देखाउँछ कि केवल भौतिक संरचना निर्माण मात्र पर्याप्त हुँदैन, स्थानीय जीवनशैली, आवश्यकता र रोजगारीसँग जोडिएको दिगो योजना आवश्यक हुन्छ।
प्रकाशित: २०८३ बैशाख १५ गते मङ्गलबार १०:०२
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना