काठमाडौँ उपत्यकामा पछिल्लो समय वायु प्रदूषण बढ्दै गएको छ। छिटपुट वर्षापछि धुँवाधूलो कम भए पनि सर्वसाधारण बाहिर हिँडडुल गर्न कठिन भएको छ।

तत्काल उपत्यकामा ठूलो बर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।