काठमाडौँ- मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीले ३० हजार केजी गोलभेंडा सडकमा फ्याँकेका छन्। खपत हुन छोडेको भन्दै किसान र व्यापारीहरुले कालीमाटी बजार परिसरभित्र गोलभेँडा फ्याँकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकिएको कालीमाटी थोक तथा खुद्रा बजार समितिले जनाएको छ। समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको बताए।
उत्पादन भएको गोलभेँडा खपत हुन छोडेपछि यसले मूल्य पाएको छैन्। यसकारण किसानले गोलभेँडा फ्याँकेका हुन्। फ्याँकिएको गोलभेडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको देखिन्छ।
त्यस्तै, रामकोट, नागार्जुन, थानकोट लगायत क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ। आचार्यले किसाले फ्याँकेको बताए पनि किसानले नै यति धेरै मात्रामा गोलभेँडा बजारमा ल्याउने गरेको भने पाइँदैन।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ। तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ।














