काठमाडौँ– जिम्बावेमा आइतबारदेखि सुरु भएको आईसीसी विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
हरारेको हरारे क्रिकेट क्लबको मैदानमा पौने १ बजेबाट सुरु भएको खेलमा १९औं ओभरको अन्तिम बलमा उनले अर्धशतक पूरा गरेका हुन्।
उनले ६३ बलमा ५० रन पूरा गर्दा अर्का ओपनर आशिफ शेखले भने ५८ बलमा २९ रन बनाएका छन्। २० ओभर सकिँदा नेपालले ८६ रन बनाएको छ।
नेपालको प्लेइङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने


