काठमाडौँ: सरकारले विश्व बैंकबाट थप ऋण लिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर (नेपाली करिब ७ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि उक्त ऋण लिने निर्णय भएको हो। यस्तै ५ मिलियन अमेरिकी डलर (७५ करोड ९० लाख) अनुदान पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए।







