काठमाडौँ: सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ। सोमबार विभागले उनको घर र उनीसम्बद्ध निर्माण कम्पनी सम्बन्धी दुई कार्यालयमा छापा मारेको हो।
विभाग स्रोतका अनुसार हेटौँडाको सानोपोखरामा रहेको घर तथा काठमाडौँस्थित नक्साल र सुन्धारास्थित कार्यालयमा छापा मारेको हो। विभागले विभिन्न कागजातहरू लिएर गएको छ।
विभिन्न निर्माण कम्पनीसँग आवद्ध बानियाँको विभिन्न व्यवसायीक कम्पनीहरूमा लगानी छ।
निर्माण व्यवसायी बानियाँको कम्पनी बानियाँ निर्माण सेवाले ठेक्का लिएको बाजुराको मार्तडी–कोल्टी सडक भने वर्षौंदेखि अलपत्र छ। सडक नबन्दा स्थानीयले चरम सास्ती भोगिरहेका छन्।
ठेक्का अलपत्र पारेका बानियाँले अवैध सम्पत्ति आर्जन गरेको आशंकामा छापा मारिएको हो।


