२०८३ कार्तिक १३ गते बिहिबार

भृकुटी कागजका २३३ श्रमिकले ४० करोड भुक्तानी पाउन बाँकी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २१
gaypann_a0d06221

काठमाडौँ: नवलपुर गैंडाकोट नगरपालिकास्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ।

सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ले सोमबार नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापन पठाइएको हो।

अभियानका संयोजक गणेश सापकोटाका अनुसार भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक (करिब ४० करोड रुपैयाँ) तत्काल राज्यको पहलमा भुक्तानी गर्न, करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमूना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्न माग गर्दै ज्ञापन बुझाइएको हो।

आफूहरुले बुझाएका मागहरुका बारेमा पाँच दिनभित्र सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरु अगाडि सारिने संयोजक सापकोटाले जानकारी दिए।

वि.सं. २०४० सालमा स्थापना भई निरन्तर रुपमा चल्दै आएको कारखाना मिति २०६७ साल देखि पूर्ण रूपमा बन्द भई जिर्ण अवस्थामा छ।

राज्यको स्वामित्वमा स्थापना भई सञ्चालनमा रहेको उक्त उद्योग पछि निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण गरिएको यस कारखाना अहिले खण्डहरको रूपमा हामी सबैको माझमा दुव्र्यसनीको स्थल भएको छ भने हुरी बतास आँधीबेहरी आउँदा वरपरका स्थानीय वासिन्दा खण्डहरका टीन उड़ाएर मानव वस्तीमा डर र त्रास बढेको सापकोटाको भनाइ छ।

ज्ञापनपत्र

श्रीमान् प्रधानमन्त्रीज्यू,
प्रधान मन्त्रीको कार्यालय सिहदरवार काठमाण्डौँ
महोदय

विषयः ज्ञापन पत्र

मितिः २०८३/०१/२१

जिल्ला नवलपुर गैंडाकोट नगरपालिका स्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता भुक्तानी सम्बन्धमा श्री सम्माननीय प्रधान मन्त्री ज्यू समक्ष यो ज्ञापनपत्र मार्फत विषय बस्तुको जानकारी गराउन चाहन्छौं।

वि.सं. २०४० सालमा स्थापना भई निरन्तर रुपमा चल्दै आएको भृकुटी कागज कारखाना मिति २०६७ साल देखि पूर्ण रूप मा बन्द भई जिर्ण अवस्थामा रहँदै आएको छ। राज्यको स्वामित्वमा स्थापना भई सञ्चालनमा रहेको उक्त उद्योग पछि निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण गरिएको यस कारखाना अहिले खण्डहरको रूपमा हामी सबैको माझमा दुव्र्यसनीको स्थल भएको छ भने हुरी बतास आँधीबेहरी आउँदा वरपरका स्थानीय वासिन्दा खण्डहरका टीन उड़ाएर मानव वस्तीमा डर र त्रास बढेको छ। वि.सं. २०६७ सालदेखि पूर्ण रूपमा बन्द रहेको यस कारखानाका करीव ३३३ जना मजदुर हरु ले ४० करोड भन्दा बढी आफ्नो ज्याला मजदुरी प्राप्त गर्न समेत सकेका छैनन। आफ्नो ज्याला मजदुरी लामो समयदेखि नपाउँदा र पाउने आशामा बसेका कतिपय मजदुरको त मृत्युसमेत भइसकेको अवस्था छ।

करिब ६० बिघा क्षेत्रफलमा फैलिएको यो कारखाना नेपालकै मध्यभागमा रहेको त्यसमा पनि गैंडाकोट नगरपालिकाको मुटुमा रहेको यति महत्वपूर्ण स्थानको यस्तो दुर्दशाले समग्र नगरको विकास, सुन्दरता र समृद्धिमा गम्भीर असर पुर्याएको छ।

यसका साथै, सो कारखानामा आफ्नो श्रमको उचित मूल्य नपाई लामो समयदेखि पीडित श्रमिकहरूको अवस्था अत्यन्त दयनीय रहेको छ, जसप्रति राज्यको गम्भीर ध्यानाकर्षण आवश्यक देखिन्छ।

त्यसैले, ‘सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ मार्फत हामी स्थानीय युवाहरू तथा सचेत नागरिकहरूको तर्फबाट निम्न मागहरू राख्न चाहन्छौंः

१. भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक (करिब ४० करोड रुपैयाँ) तत्काल राज्यको पहलमा भुक्तानी गरियोस्।

२. गैंडाकोट नगरपालिकाको मुटुमा अवस्थित करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमूना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गरियोस्।

महोदय,
हामीले यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै ५ दिनको समयसीमा सहित यो ज्ञापनपत्र पेश गरेका छौं। यदि उक्त समयसीमाभित्र पनि कुनै ठोस पहल तथा सम्बोधन नभएमा, बाध्य भई हामी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने अवस्था आउने जानकारी गराउँदछौं।
हाम्रो उद्देश्य कुनै टकराव सिर्जना गर्नु नभई गैंडाकोटलाई सफा, सुन्दर, हरियाली र समृद्ध बनाउने हो। राज्यबाट यस विषयमा शीघ्र, न्यायोचित र परिणाममुखी निर्णय हुनेमा हामी विश्वस्त छौं। धन्यवाद।
वोधार्थ:

गैँडाकोट नगरपालिका कार्यालय
जिल्ला प्रशासन कार्यालय कावासोती
जिल्ला प्रहरी कार्यालय कावासोती
भृकुटी कागज कारखाना (गोल्छा कम्पनी )
वडा नं. २ को कार्यालय गैडाकोट
निवेदक
“सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान“
गैंडाकोट

प्रकाशित: २०८३ बैशाख २१ गते सोमबार ०४:३१
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना