काठमाडौं। अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ।
इस्तानबुलबाट आज सोमबार बिहान काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएको थियो।
आगलागी भएपछि रोकिएको विमानस्थलको सेवा पुन सञ्चालनमा ल्याइएको छ।
