काठमाडौँ: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मालाई पक्राउ गरेको छ। ठेक्का अलपत्र पारेको आरोपमा शहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो।
यस्तै लामा कन्स्ट्रक्सनका पीताम्बर बडूलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू दुवैलाई गोङ्गबु क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउपछि दुवैलाई मन्त्रालयमा उपस्थित गराइएको कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।


