काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि जिल्ला अदालत भित्र नै आन्दोलन भएको छ।
आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका थिए। अदालत परिसरमा धर्ना दिएको आरोपमा उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।






