२०८३ कार्तिक १३ गते बिहिबार

सरकारी कार्यालय वरपरका पसलमा फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३१
minral_water

टीकापुर: कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत, नापीलगायत कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ। टीकापुर नगरपालिका सहित बजार अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी र पिउने पानीमा दोब्बर रकम लिएको पाइएको छ।

प्रतिपेज रु पाँच लिनुपर्नेमा प्रतिफोटोकपी रु १० लिने गरिएकोे छ भने पिउने पानी प्रतिबोत्तल रु २० लिनुपर्ने भए पनि २५ देखि ३० सम्म लिने गरेको भेटिएको हो। टीकापुरका भेषराज नायक फोटोकपी गर्दा महँगो शुल्क तिर्नुपरेको बताउँछन्। ‘फोटोकपी गर्दा रु १० लिन्छन्, यो साह्रै महँगो भयो’, उनी भन्छन्, ‘मूल्यमा एकरुपता हुनुपर्छ। यहाँ मानिसको बाध्यता हुन्छ।’

लेखापढी व्यवसायी धनबहादुर बुढा पनि महँगो शुल्क तिरेर फोटोकपी गरिरहेका बताउँछन्। ‘यहाँ आउने उपभोक्तालाई बाध्यता छ, गर्ने भए गर, नभए गर्दैनौँ भन्छन्’, उनले भने, ‘ग्राहकलाई टाढा जानुभन्दा यही गर्ने गरेका छन्।’

सेवाग्राही धनबहादुर बोहराले पानी रु ३० रुपैया बोत्तल किनेर खाए। उनलाई मूल्य कम छ भन्ने थाहा भए पनि ठगिरहेको बताउँछन्। उनी जस्तै अन्य नागरिक पतिराम चौधरी र शान्तराज शर्मा पानी र फोटोकपीमा यसैगरी ठगिएका छन्। ‘मूल्यमा ठगिन हुँदैन भन्ने मेरो पनि भनाइ छ, तर सुधार गर्न सकिएको छैन’, शान्तराजले भने, ‘रु १२ मा किनेको पानी हामीले किनेर खाँदा रु ३० पुग्छ। यसमा सुधार आवश्यक छ।’

व्यापारी सञ्जय चौधरीले फोटोकपी गरेको रु १० रुपैया लिने गरेका छन्। सबै ब्यापारीले रु १० लिन भनेपछि उनले १० रुपैयाँ लिने गरेकाे बताए। अर्का व्यापारी नृप ठकुल्ला भने रु पाँच रुपैयामै फोटोकपी सेवा दिने गरेको बताउँछन्। ‘मैले नियमिति रुपमा रु पाँच मै फोटोकपी गर्ने गरेको छु’, उनी भन्छन्, ‘अन्तको मलाई थाह छैन।’ कानुन व्यवसायी मुक्तिप्रसाद शर्मा मालपोत कार्यालय वरिपरि रहेका व्यापारीले फोटोकपी र पानीमा धेरै ठगी गरिरहेका, आफूहरु महँगो शुल्क तिर्न बाध्य भएकाले यस्ता कुरामा अनुगमन गर्न र सुधार गर्न आग्रह गर्छन्। ‘पालिकाले नियमित अनुगमन गर्नुपर्छ, सरकारी कार्यालय वरिपरि उपभोक्तामािथ ठगी भइरहेको छ’, उनले भने, ‘दैनिक सयौँ उपभोक्ता ठगिन्छन्, यसमा सुधार गरौँ।’

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले तोकिएको मूल्यभन्दा बढी नलिन व्यापारीलाई आग्रह गर्दै, धेरै लिएको भेटिए कानुन बमोजिम कारबाही हुने बताए। ‘पहिलो पटक बढी मूल्य नलिन आग्रह गरिएको छ। हामी नियमित अनुगमन गरिरहेका छौँ’, उनले भने, ‘मूल्यमा ठगी गर्ने, गुणस्तरहिन सामग्री बिक्री गर्नेलाई कानुनमा व्यवस्था भए बमोजिम कारबाही हुनेछ। बजारलाई व्यवस्थित बनाउन र उपभोक्तामैत्री बनाउन सबैको सहयोग आवश्यक छ।’

यसका साथै पालिकाले अनुगमनका क्रममा टीकापुरका केक तथा बेकरी पसलमा म्याद नाघेका खानेकुरा प्रयोग भएको भेटाएको छ। केक बनाउँदा प्रयोग हुने सामग्री म्याद नाघेका, बिग्रिएका पाइएका छन्। अनुगमनका क्रममा केक बनाउँदा प्रयोग हुने म्याद नाघेका, बिग्रिएका सामग्रीको पालिकाले पहिलो पटक बरामद गरेको छ।

नगरपालिकाको सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले केक बनाउँदा राम्रो सुगन्धका लागि प्रयोग हुने सामग्री, खान नहुने रङको प्रयोग, सरसफाइको कमी, बेकिङ पाउडर, बेकिङ सोडा म्याद नाघेका, बर्थडेमा पट्काएर आवाज निकाल्ने वा रङ्गीन कागज उड्ने सामग्री ‘पार्टी पपर’ बरामद गरी व्यापारीलाई सचेत गराइएको जानकारी दिए।

त्यस्तै, टीकापुरमा सञ्चालित फार्मेसी तथा क्लिनिक, विशेषज्ञ सेवा, डेन्टल सेवाको अनुगमनसमेत गरिरहेको छ। अनुगमनका क्रममा मेडिकल केही नवीकरण नभएका, विशेषज्ञ सेवाका लागि अनुमति नलिएका, पटकपटकको निर्देशन कार्यान्वयन नगरेको पाइएकाले ७ दिनको समय दिइएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए।

प्रकाशित: २०८३ बैशाख ३१ गते बिहिबार ०४:०८
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना