२०८३ साउन १३ गते बुधबार

घोराही सिमेन्टको आइपीओ स्थगित, के हुन्छ आवेदन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
sebon
धितोपत्र बोर्ड नेपाल।

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओको सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। बोर्डले सूचना जारी गर्दै प्राथमिक सेयर निष्काशन गर्ने सम्पूर्ण प्रक्रिया रोक्नका लागि निर्देशन दिएको हो।

‘लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

बोर्डले यस विषयमा थप अध्ययन गर्ने जानकारी दिएको छ। ‘हामी एकदुई दिन अध्ययन गर्छौँ,’ बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘अध्ययनपछि आवेदनवापत लिइएको रकम फिर्ता गर्ने सम्बन्धमा छलफल हुन्छ।’

गत जेठ ३२ गते घोराही सिमेन्टले प्रिमियममा जारी भएको आइपीओमा ८५ लाख कित्ता आवेदन रद्द भएपछि सीडीएसीले चेतावनीपूर्ण सूचना जारी गरेको थियो। खातामा पर्याप्त पैसा नभई १० कित्ताको एक हजार लाग्ने ठानेर आवेदन दिनेका कारण भएको शंका गर्दै सीडीएससी सूचना जारी गरेको हो। प्रतिकित्ता ४३५ रुपैयाँ मूल्य तोकिएको भएपनि अधिकांशले १०० रुपैयाँ प्रतिकित्ताका आधारमा आवेदन दिएका थिए।

यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, यथोचित संख्यामा आवेदन प्राप्त भए पनि आवेदन प्रमाणित हुने प्रक्रियामा रहेकोले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरिएको सूचना कम्पनीले जारी गरेको थियो।

घोराहीले सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयरका लागि हालसम्म ५ लाख २८ हजार १६६ जनाले २ करोड ४० लाख ५७ हजार १३० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा बढी हो।

कम्पनीले यतिधेरै आवेदन पर्दा पनि झुटो विवरणका कारण बिक्री अवधि थपिएको छ। धितोपत्र ऐनको दफा ९८ मा जालसाजीयुक्त कुनै क्रियाकलाप गर्नेलाई १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिमाना र दुई वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ। यस्तो कारोबारबाट कसैलाई हानीनोक्सानी भएको छ भने सो समेत क्षतिपूर्ति भराइदिनुपर्ने कानुनमा छ।

No description available.

प्रकाशित: २०८० असार ४ गते सोमबार ०४:०५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना