काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम भ्लोन लामाले आफ्नो चुनावी टिम सार्वजनिक गरेका छन्।
उनले संविधानले व्यवस्था गरेको न्यूनतम ३३ प्रतिशत महिला सहभागिताभन्दा बढी प्रतिनिधित्व सुनिश्चित गर्दै व्यावसायिक तथा समावेशी नेतृत्वको सन्देशसहित प्यानल घोषणा गरेका हुन्।
लामाले जलविद्युत, वित्त, बैंकिङ, पूर्वाधार र व्यवस्थापन क्षेत्रमा अनुभव भएका महिलालाई नेतृत्व तहमा ल्याइएको बताए। उनकाअनुसार महिलालाई केवल समावेशिताको आधारमा नभई क्षमता, अनुभव र नेतृत्व दक्षतालाई प्राथमिकता दिएर टिम निर्माण गरिएको हो।
‘इप्पानमा एक से एक सक्षम महिलाहरू हुनुहुन्छ। उहाँहरू नेतृत्वमा आउँदै हुनुहुन्छ, उहाँहरू सबैलाई सहभागी गराएर हामीले टिम खडा गरेका छौँ,’ लामाले भने, ‘इप्पानमा समावेशीसँगै सक्षम महिलालाई नेतृत्वमा ल्याउने गरी टिम बनाएका छौँ।’
उनको प्यानलबाट उपाध्यक्षमा सुसान कर्माचार्य (राजभण्डारी), उप–महासचिवमा कविता पोखरेल र सचिवमा अभिज्ञा मल्ल उम्मेदवार बनेका छन्। यस्तै सदस्यमा इशा श्रेष्ठ र प्रतिमा ज्ञवाली उम्मेदवार छन्।