यस्तो देखियो २५ करोडमा बनेको नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड
| नेपाल क्लिक्स
नेपाल क्लिक्स
काठमाडौँ, जेठ ८
तस्बिर: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी
काठमाडौँ चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड अहिले चिटिक्क र व्यवस्थित देखिएको छ। ७०० मिटर लामो उक्त सडकखण्डमा विस्तार कार्य सम्पन्न भएसँगै लेन मार्किङ, जेब्रा क्रसिङ तथा सडक रेखांकनको काम पनि सकिएको छ।
कालोपत्रे गरिएको चिल्लो सडक, व्यवस्थित लेन र सफा संरचनाले यो खण्डलाई आकर्षक बनाएको छ।
महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण)सम्म सडक विस्तार गर्ने योजनाअन्तर्गत विनियोजित बजेटबाट यो खण्ड निर्माण गरिएको हो। चीनले चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म मात्र सडक निर्माण गर्ने भएपछि बीचमा पर्ने नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो।
डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसके जेभीसँग २०८२ असारभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। तर निर्माण कार्य निर्धारित समयभन्दा झन्डै एक वर्ष ढिला गरी सम्पन्न भएको हो। यो सडकखण्ड निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
निर्माण सम्पन्न भएको यो सडकखण्ड चक्रपथको कलंकी–कोटेश्वर खण्डकै मापदण्डअनुसार विस्तार गरिएको छ। उक्त १०.३९ किलोमिटर सडकखण्ड चीन सरकारको सहयोगमा विस्तार गरी २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो। त्यसपछि दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तारका लागि नेपाल र चीनबीच समझदारी भए पनि निर्माण प्रक्रिया अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन।
हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेको छ। सरकारले काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथलाई आधुनिक र फराकिलो बनाउने योजना अघि बढाएको छ। नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड सम्पन्न भएसँगै महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने अपेक्षा गरिएको छ।
काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो।
उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...
दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ।
सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...
बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्रयाएको प्रारम्भिक आकलन छ।
रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।