काठमाडौँ: आगामी साता ४ दिन सार्वजनिक विदा परेको छ।
जेठ १६ गते शनिबार र १७ गते आइतबार परेको छ। जुन नियमित सार्वजनिक बिदा हुन्। त्यसअघि शुक्रबार र बिहीबार पनि सार्वजनिक बिदा परेका हुन्।
जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक विदा छ।
गृहमन्त्रालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ १४ गते पनि बिदा दिने निर्णय गरेको छ। उक्त दिन बकर ईद (ईद–उल–अज्हा) परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो।



