२०८३ कार्तिक २३ गते आईतबार

विराटनगरमा ५ तारे ‘लेमन ट्री प्रिमियर’ होटल निर्माण अन्तिम चरणमा, एक अर्ब ७५ करोड लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ११
lemon_tree_primume

काठमाडौँ: कोशी प्रदेशको राजधानी विराटनगरमा पाँचतारे होटल सञ्चालनमा आउन लागेको छ। शुभ इन्टरनेसनल हस्पिटालिटी प्राइभेट लिमिटेडले होटल बनाइरहेका छ।

होटल निर्माण अन्तिम चरणमा पुगेको शुभ इन्टरनेसनलले जनाएको छ। केही महिनाभित्र होटल सञ्चालनमा ल्याउन तयारी शुभ इन्टरनेसनलको छ। होटलको लागत बढेर एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

यस्तै होटलको प्रतिकोठा लागत दुई करोड २० रुपैयाँ छ। पहिलाको भन्दा होटलको लागत १२ प्रतिशत बढेको शुभ इन्टरनेसनलले जनाएको छ।

यसअघि एक अर्ब ५१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। पहिला ५६ कोठा बनाउने प्रस्ताव गरिएकोमा हाल बढाएर ८० कोठा पुर्याइएको छ। यसले गर्दा होटलको लागत बढेको हो। आगामी वर्ष सन् २०२७ देखि होटलले ऋण तिर्न थाल्ने भएको छ।

होटलमा ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। जसअनुसार होटलमा एक अर्ब १२ करोड रुपैयाँ ऋण लगानी रहेको छ। बाँकी ६५ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइएको शुभ इन्टरनेसनले जनाएको छ।

लेमन ट्री प्रिमियर सञ्चलनमा आएपछि विराटनगरको पहिलो पाँचतारे होटेल हुने अपेक्षा गरिएको छ।

होटल भारतको प्रसिद्ध ब्रान्ड ‘लेमन ट्री प्रिमियर’ को नाममा सञ्चालन हुने भएको छ। होटलको व्यवस्थापन कर्निसन होटल्स प्राइभेट लिमिटेडले लिएको छ। लेमन ट्री प्रिमियर भारतको राम्रो ब्रान्ड भएकाले होटललाई यसबाट राम्रो लाभ हुने अपेक्षा गरिएको छ।

होटल विराटनगरको भृकुटी चोकमा अवस्थित छ। कार्नेशन होटल्स प्राइभेट लिमिटेडले ‘लेमन ट्री प्रिमियर’ को ब्रान्ड नामअन्तर्गत होटल व्यवस्थापन र सञ्चालन गर्ने भएको छ।

होटल बन्नुअघि सन् २०११ मा नेपाल बजार इन्टरनेसनल प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको थियो। यसले एक स्टोर सञ्चालन गरेको थियो। जुन सन् २०१९ मा बन्द भयो। प्रस्तावित होटल आर्थिक वर्ष २०२१ देखि सोही ठाउँमा निर्माण भइरहेको छ।

नेपाल–भारत सिमाना नजिक विराटनगरमा भएकाले लोकेसनबाट पनि होटलले फाइदा लिन सक्नेछ। भारतीय ब्रान्ड लेमन ट्री प्रिमियरको नाममा सञ्चालन हुने भएकाले भारतीय पर्यटक आउने अपेक्षा गरिएको छ।

कर्निसन होटल लेमन ट्री होटल लिमिटेडको सहायक कम्पनी हो। यो भारतको नयाँ दिल्लीलगायत ५० स्थानमा छ। भारतीय बजारमा विभिन्न ब्रान्डहरु जस्तै लेमन ट्रीमार्फत स्थापित छ।

प्रिमियर, सिट्रस क्याफे र रिपब्लिक अफ नुडल्स र भारतभर ५० भन्दा बढी स्थानहमा सञ्चालनमा छ।

होटलमा विनय चौधरी अग्रवालको २९, सीतादेवी चौधरी अग्रवालको २९, प्रशान्त तातेडको २२, कविन श्रेष्ठ, ११.२, देवकला श्रेष्ठको ४.१, गंगा खतिवडाको २.८ र पायल चौधरी अग्रवालको १.९ प्रतिशत हिस्सा रहेको छ। कम्पनीको अध्यक्षमा कविन श्रेष्ठ रहेका छन्।

सरकारले सहुलित दिने घोषणा गरेपछि मुलुकका प्रमुख पर्यटकीय गन्तव्य र सहरहरुमा तारेस्तरका होटल खुल्ने क्रम बढेको छ। होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको सवा दुई खर्ब रुपैयाँ बढी लगानी रहेको छ।

प्रकाशित: २०८३ जेठ ११ गते सोमबार ०७:१८
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना