२०८३ कार्तिक १३ गते बिहिबार

पश्चिम एसियामा द्धन्द्धले रोकियो एक लाख ८७ हजार टन मल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १३
geeta_chaudhary
काठमाडौँ, १३ जेठः सांसदहरुको प्रश्नको जवाफ दिनुहुँदै कृषि मन्त्री चौधरी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले शून्य तथा विशेष समयमा उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ /रासस

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका कारण सम्झौता भइसकेको एक लाख ८७ हजार टन रासायनिक मल आउन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकको शून्य, आकस्मिक र विशेष समयमा उठेका प्रश्नहरूको आजको बैठकमा जवाफ दिँदै उनले रोकिएको मल ल्याउन सरकारले प्रयास जारी राखेको बताइन्। मन्त्रिपरिषद्को निर्णयअनुसार भारत सरकारसँग सम्झौता गरेर मल आयात गर्न लागिएको उहाँको भनाइ छ।

पाँच लाख ५४ हजार मेट्रिकटन मल चालु आर्थिक वर्षमा आयात भएको छ। मल वितरणलाई पारदर्शी बनाउन कार्यविधि, २०८२ कार्यान्वयनमा रहेको उनले बताए। हाल मल वितरण सूचना प्रणाली कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले धान, गहुँ, मकै, मुसुरो, तोरीको बीउ किसानलाई उपलब्ध गराएको छ।

मन्त्रालयले सबै भूगोल र क्षेत्रमा बीउबिजन उपलब्ध गराएको छ। मन्त्रालयले स्रोत र उन्नत बीउ उत्पादनमा अनुदानको व्यवस्था रहेको छ। उखु किसानका समस्या समाधानमा मन्त्रालय गम्भीर रहेको मन्त्री चौधरीले संसद्मा जानकारी गराइन्।

उनका अनुसार १४ वटा चिनी उद्योगसँग सम्झौता भएको छ। किसानलाई प्रतिक्विन्टल थप गरी उखुको पैसा दिइनेछ। उखु किसानको रोकिएको भुक्तानीमध्ये हालसम्म करिब ६० प्रतिशत भुक्तानी भएको छ।

उखु उत्पादन क्षेत्रफल विस्तारका लागि मन्त्रालयले प्रयास गरिरहेको छ। दुग्ध विकास संस्थानलाई दूध बेच्ने किसानको १८ करोड रुपैयाँ धमाधम भुक्तानी भइरहेको उनले बताइन। खाद्य व्यवस्था तथा पावर कम्पनी लिमिटेडबाट कर्णालीका स्थानीय उत्पादन खरिद गरी बिक्रीवितरण भइरहेको छ।

उनका अनुसार रैथानेबाली प्रवद्र्धन कार्यक्रम ५८ पालिकामा भइरहेको छ। उन्नत बीउ कार्यक्रम काठमाडौँ उपत्यकाका १० वटा पालिकामा सञ्चालनमा रहेको छ।

वनबाट वार्षिक तीन करोड घनमिटर काठ उत्पादन हुने गरेकामा काठमा आत्मनिर्भर हुने विश्वास लिइएको छ। अतिक्रमित निकुञ्ज क्षेत्रका जमिनकाबारेमा तथ्याङ्क लिन लागिएको मन्त्री चौधरीले जानकारी दिइन्।

हाल नपालमा करिब एक करोड ९० लाख किसान रहेको र ती किसानका समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको जानकारी पनि उहाँले दिइन्।

प्रकाशित: २०८३ जेठ १३ गते बुधबार ०३:३०
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना